
कञ्चनपुर – कञ्चनपुरको बेलडाँडीबाट लागुऔषध खैरो हेरोइन सहित तीनजना पक्राउ परेका छन् ।
बेलडाँडी गाउँपालिका वडा नम्बर १ थापा टोलबाट सोही ठाउँ बस्ने मनिष थापा र हेमन्त निरौलालाई एक सय मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको र वडा नम्बर २ बाट सोही वडा बस्ने मनमोहन सिंह साउँदलाई ४.३४० ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



