२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

वडामै पुगेर योजना सम्झौता गर्दै आदर्श सरकार

Advertisement

दिपायल- आदर्श गाउँपालिकाले वडा स्तरमै पुगेर योजना सम्झौत गर्न थालेको छ । आर्थिक वर्ष २०७९÷०८० का लागि गाउँपालिकाले विनियोजन गरेका योजनाहरुको सम्झौता वडा स्तरमै गर्न थालिएको हो ।

योजना सम्झौताका लागि गाउँपालिकाका उपाध्यक्ष, प्रशासकीय अधिकृत, प्राविधिक एवं शाखाका कर्मचारीहरुको टोली वडामा खटिएको छ । गाउँपालिकाले वडा स्तरबाट छनोट गरि बजेट विनियोजन गरेका योजनाहरुको सम्झौता वडामै पुगेर गर्न थालेपछि उपभोक्ताहरुलाई सहज भएको छ । योजना सम्झौतासँगै उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना प्रक्रियाको बारेमा अभिमुखीकरण समेत गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताउनु भयो ।

७ वटा वडा रहेको आदर्श गाउँपालिकाले २०७९÷०८० का लागि १८१ योजनाहरु छनोट गरेको छ । पालिकाले विनियोजन गरेका योजनाहरुको बजेट फ्रिज नजाओस् र समयमै काम सम्पन्न होस भन्ने उद्येश्यले सम्बन्धित वडा कार्यालयमै पुगेर योजना सम्झौता गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताउनु भयो । “यस अघि योजनाहरुको सम्झौता र कार्यान्वय असार मसान्तसम्मै गर्ने प्रचलन थियो,“उहाँले भन्नु भयो,“अन्तिम समयमा योजना सम्झौता र भुक्तानीका लागि निकै भिडभाड हुने गरेको थियो । जसले गर्दा गुणस्तरीय र प्रभावकारी काम पनि नहुने, अनावश्यक चाप पनि बढ्ने र बजेट फ्रिज जाने समस्या थियो । त्यसको समाधानका लागि हामीले उपभोक्ता समिति गठन गर्ने, योजना सम्झौता गर्ने र सम्पन्न गर्ने समयावधि तोकेर काम अगाडी बढाएका छौं । तोकिएको समयमा काम नगर्ने उपभोक्ता समिति र टेण्डरकर्ताहरुको काम रोकिने छ ।”

वडामै गएर योजनाहरुको सम्झौता गर्दा उपभोक्ताहरुको समय बचतसँगै पटक–पटक पालिकामा धाउनु पर्ने वाध्यता हटेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकायाले बताउनु भयो । सम्झौता गर्न आउँदा स्यानो कागजात नमिलेको अवस्थामा पटक–पटक पालिका धाउनु पर्ने, पालिका धाउँदा लाग्ने खर्च योजनाबाट कटाउनु पर्ने जस्ता समस्या हटेको उहाँले बताउनु भयो । “योजना सम्झौतासँगै हामीले योजना कार्यान्वयनका विषयमा पनि जानकारी गराउँदै आएका छौं,“उहाँले भन्नु भयो,“आर्थिक पारदर्शीता र योजनाको गुणस्तरका विषयमा पनि सुरुवातमै सजक गराउँदै आएका छौं । योजनाको सामाजिक परीक्षण, अनुगमन र अन्य प्रक्रियाका विषयमा पनि बताउँदै आएका छौं । जसले गर्दा योजनाको गुणस्तर र आर्थिक पारदर्शीता हुने विश्वास लिएका छौं ।”

योजना सम्झौतासँगै योजना लागु हुने ठाउँको भूगोलको बारेमा जानकारी हुने र उपभोक्तासँगको समन्वयमा सहजता हुने सब इन्जिनियर जमनी पनेरुले बताउनु भयो । पालिकामा सम्झौता गर्न बोलाउँदा सबै उपभोक्ता आउन सक्नुहुन्न,“उहाँले भन्नु भयो,“धेरै दिन समय पनि लाग्छ । उपभोक्ता समितिलाई योजनाका बारेमा आवश्यक जानकारी दिन पनि सकिदैन । वडामै आएर सम्झौता गर्दा ठाउँको ठाउँको भुगोल, योजना निर्माण स्थलको बारेमा जानकारी हुनुका साथै सम्बन्धित उपभोक्ताहरुसँग समन्वय पनि हुन्छ ।”

योजना सम्झौताका लागि खटिएको टोलीबाट योजना सम्झौता देखी काम सम्पन्न गर्ने र भुक्तानी लिने प्रक्रियाको बारेमा समेत जानकारी पाउने गरेको स्थानीय लक्ष्मण पछेराले बताउनु भयो । टोलीले योजना निमार्णमा चाहिने आवश्यक सामाग्री, आवश्यक कागजातका बारेमा जानकारी दिनुका साथै प्राविधिकहरुले योजनाको नापजाँच , सर्वेक्षण गरी स्टेटमेन्ट तयार गरिदिने गरेका कारण पनि सेवामा सहजता आएको उहाँले बताउनु भयो ।

गाउँपालिकाले पुस ७ गते देखि योजना सम्झौता कार्यक्रम सुरु गरेको थियो । आगामी शुक्रबार सम्ममा सबै योजनाहरुको सम्झौता सकेर कार्य आदेश दिने योजना रहेको गाउँपालिकाले जनाएको छ । वडा स्तरमा गएर योजना प्रक्रियाको बारेमा जानकारी गराउने र सम्झौता गर्ने यो पहिलो पालिका हो । गाउँपालिकाले ५ लाख देखि १५ लाख सम्मका योजनाहरु छनोट गरेको छ भने वडाहरुले एक लाख देखि १० लाख सम्मका योजनाहरु छनोट गरेर सम्झौता गरिरहेको छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP