Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

अन्तरर्वाता : ‘हिंसापीडितको उद्धार र पुर्नस्थापना गरेका छौं’

म्याग्दीकाली एफएम ८८.२ मेघाहर्जको उत्पादनमा तयार पारिएको रेडियो कार्यक्रम सामाजिक विकाससँग मिडिया गतिविधिको पहिलो श्रृङ्खलामा प्रसारण भएको कार्यक्रममा हिंसापीडित महिलाहरुका लागि अल्पकालीन सेवा केन्द्र बेनी म्याग्दीका कार्यालय प्रमुख साधना केसीसँग सञ्चारकर्मी अमित विश्वकर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
नमस्कार । स्वागत छ, यहाँलाई कार्यक्रममा ।
नमस्कार, धन्यवाद ।
यो सेवा केन्द्रको बारेमा बताइदिनुस् त ?

Advertisement

म्याग्दी जिल्लामा हिंसामा परेका महिला तथा बालबालिकाहरुको लागि सेवा प्रदान गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र बेनी नगरपालिकाको सहयोगमा मिति २०७७ साल माघ १ गते स्थापना भएको अल्पकालीन सेवा केन्द्र हो । हिंसामा परेका बालबालिका र महिलाहरुका लागि तत्काल घरमा बस्ने अबस्था नभएको बेला यस सेवा केन्द्रमा आएर केही समय आश्रय लिने (बस्न) मिल्ने गरि यो सेवा केन्द्रको स्थापना भएको थियो ।

Advertisement

यो सेवा केन्द्रको कार्यक्षेत्र के हो ? अनि यसले कस्ता–कस्ता कार्यहरु गर्दै आएको छ ?
यसबाट हामीले हिंसामा परेकाहरुलाई कानुनी सेवा प्रदान गर्दै आएका छौँ । पीडित सेवाग्राहीलाई स्वास्थ्य उपचार समेत गर्दै आएको छौं । मनोविमर्स सेवाको साथमा कुनै पनि पीडित महिलाको मुद्दा दर्तामा समेत सहयोग गर्दै आएका छौं । अपहेलनामा परेका, पारिवारिक बेवास्तामा परेका र सडकमा भेटिनुभएका सेवाग्राहीलाई हामीले पारिवारिक पुनर्मिलन समेत गराएका छौं । कुनै मानिसलाई हामीले समुदायमा समेत पुनसर््थापना समेत गरेका छौं । सडक मानवहरुलाई हामीले विभिन्न संघसंस्थाहरुसँगको समन्वयमा मानव सेवा आश्रम बागलुङमा समेत पु¥याएका छौं । उहाँहरुको उद्दारमा लागिपरेका छौं ।

सेवा केन्द्रबाट अहिले के, कस्ता गतिविधिहरु भैरहेका छन् ?
हामी आएपछि सेवा केन्द्रमा हिंसा प्रभावित ५६ जना महिलाहरुको लागि हामीले सेवा प्रदान गरेका छौं । यसमा हामीले हिंसामा परेकाहरुलाई केही समय यही लिएर राख्ने र उहाँहरुको अवस्थालाई हेरेर सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम गर्ने गरेका छौँ ।

जिल्लामा कस्ता खालका हिंसा प्रभावितहरु बढी भेटिएका छन् ?
अहिलेसम्म हाम्रो सेवा केन्द्रमा सेवा लिन आएकाहरुमा कुटपिट र सडक मानवहरु नै धेरै छन् । यसमा हामीसँग विवरण पनि छ । जसमा २०८०÷०८१ म कुटपिटमा ६ जना, घर निकालाबाट २ जना, जबरजस्ती करणीबाट १ जना, सडकमा बेवारिसे फेला पारेको ४ जना, वेवास्ता वा अपहेलना भएर १ जना तथा अन्य जिल्लाबाट पनि दुई जना गरी १६ जनाको उद्धार एवं सेवा गरेका छौं । यसमा धेरै दलित समुदायका हुनुहुन्छ । यसमध्ये हाम्रोमा आएका पीडितहरुमा जिल्ला प्रहरी, स्थानीय तह र कार्यालयमा सिधै सेवा लिन आउनुभएको छ । यो सेवाले जिल्लाभर काम गर्ने भएकाले सबै स्थानीय तहबाट सेवा लिन पाउनुहुन्छ । यसमा बेनी नगरपालिका भित्रका बढी हुनुहुन्छ ।

यहाँ सेवा लिन आउने सेवाग्राहीको समस्या यही समाधान हुन्छ वा अन्य निकायमा पठाउने गरिन्छ ?
हामीले सबै प्रकारका घटनाहरुको मिलन यहाँ गराउन मिल्दैन । जस्तैः कुटपिट जबरजस्ती जस्ता घटनाहरु जिल्ला प्रहरी कार्यालय म्याग्दीसँग समन्वय गरेर मेलमिलाप गराएर पठाउने गरेका छौं । कुनै सम्बन्धबिच्छेदका घटनाहरु छन्भने त्यस्तालाई हामीले जिल्ला सहकारी वकिलको कार्यालयमा पठाउने गरेका छौं ।

अल्पकालीन सेवा केन्द्रमा सेवा लिन आउने धेरैजसो बालबालिका रहेछन् ? यहाँको नजरमा के कारणले बालबालिका यस्तो समस्यामा पर्ने रहेछन् ?
खासमा कतिपय बालबालिका आफ्नो परिवारका अपहेलना र परिवारको अशिक्षाको कारणले सडकमा आउने रहेछन् । तर म्याग्दीमा अधिकांश ग्रामीण वस्तीका बालबालिकाहरु बढी पीडित भएका छन् । अशिक्षा, बेरोजगार, परम्परागत संस्कृतिका कारणले गरिब तथा विपन्न परिवारका बढी बालबालिकाहरु छन्भने उनीहरु धेरै परिवारबाटै अपहेलना हुने रहेछन् । यस्तै हामीले अघिल्लो पटक धवलागिरी गाउँपालिकाकी एकजना बालिकालाई कोपिला नेपाल पोखरामा लगेर जिम्मा लगाएर आएका थियौं । केही समय अघि हामीले एकजना बालकलाई हिमालय लाईफ नेपालमा लगेर छोडेका थियौं ।

अहिले सेवा केन्द्र आउने पीडितका लागि कत्तिको प्रभावकारी भएको छ ?
सेवाग्राहीहरु यसबाट धेरै नै खुशी हुनुहुन्छ । हामीले सकेसम्म समाजमा यस्ता घटनाहरु बढ्न दिनहुन्न । तर यस्ता घटनाहरु भैहालेमा पीडितको पक्षमा बोल्ने सेवा केन्द्र छ है भनेर समाजमा यस केन्द्रको बारेमा जानकारी दिनुपर्ने छ । समाजमा विभिन्न किसिममा अभिमुखीकरण कार्यक्रम गर्न आवश्यक देखिन्छ । हामीले गतवर्ष र अहिले सामाजिक विकास कार्यालयसँग समन्वय गरेर अभिमुखीकरण कार्य गरेका थियौं ।

यस अल्पकालीन सेवा केन्द्र सञ्चालनको लागि स्थानीय तहबाट सहयोग भएको छ की छैन ?
बेनी नगरपालिकाबाट आर्थिक रुपमा नभए पनि अन्य क्षेत्रमा सहयोग भएको छ । यो केन्द्रको संयोजक नगर उपप्रमुख हुने भएकाले सहयोगहरु प्राप्त भैरहेको छ । अन्य पालिकाबाट अहिलेसम्म केही पनि सहयोग गर्नुभएको छैन । यसमा सामाजिक विकास कार्यालयबाट भने सहयोग भैरहेको छ ।

अन्त्यमा भन्नुपर्ने केही छ कि ?
सर्वप्रथम त आफ्नो अनुभव र सेवा केन्द्रको बारेमा कुरा राख्ने अवसर दिनुभएकोमा यहाँ र यहाँको मिडियालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । अहिले २१औं शताब्दीको युग भए पनि अझै समाजमा दैनिकजसो विभिन्न घटनाहरु भैरहने र सेवा केन्द्रमा आश्रय लिन आउने क्रम बढ्दो छ । त्यसैले गाउँ, समाज हुने हिंसाका विभिन्न घटनाहरु न्यूनीकरण गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । सकेसम्म हामी मानवले मानव कसैलाई पनि हिंसा नगरौं र सडक, पेटीमा हिँड्न बाध्य नपारौं । यदि यस्ता घटना भैहालेमा सम्बन्धित निकायमा उद्धारको पहल गर्ने तथा गाउँ, समाजमै पुनसर््थापनाको पहल गर्न जरुरी देखिन्छ । अन्त्यमा, फेरि पनि यहाँलाई धन्यवाद !

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP