२०८३ जेष्ठ ११
May 25, 2026, Monday

नेकपा एमालेले समुदायमा गरेका सबै प्रतिबद्धता पूरा गर्छ : उम्मेदवार हरिकृष्ण श्रेष्ठ

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले शनिबार मंगला गाउँपालिका र बेनी नगरपालिकाको विभिन्न स्थानमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम गरेको छ ।

Advertisement

शनिबार बिहान मंगला गाउँपालिका–१, पूर्णगाउँमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभामा प्रत्यक्षतर्फका उम्मेदवार हरिकृष्ण श्रेष्ठले स्थानीयबासीको मागलाई पहिलो प्राथमिकता दिएर पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Advertisement

‘तपाईहरुको आवश्यकता नजिकबाट हेरेको छु, मैले समस्या समाधानका लागि काम सुरु गरिसकेको छु’ प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठले भन्नुभयो मंगला गाउँपालिका भित्रका एमालेले विगतदेखि नै काम गर्दै आइरहेको बताउँदै आसन्न निर्वाचनमा आफू र एमाले पार्टीलाई भोट दिएर थप काम गर्ने अवसर दिन उम्मेदवार श्रेष्ठले अनुरोध गर्नुभयो ।

यसैबीच चुनावी अभियान अन्तरगत बेनी नगरपालिका–१० वाखेत, पाल्लेखेत र वडा नं ९ काउँलेगौडामा आयोजित भेटघाट कार्यक्रममा स्थानीय समुदायको मागलाई सम्बोधन गदैं सडक सञ्जाल, शिक्षा, स्वास्थ्य क्षेत्रमा थप काम गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य एवं आसन्न निर्वाचनको समानुपातिक उम्मेदवार नरदेवी पुनले बताउनुभयो ।


घरदैलो भेटघाटको क्रममा मतदाताहरुले गाउँटोल, वस्तीमा सडक विस्तार, विद्यालय जाने बाटो बनाउन, खानेपानीको योजना सञ्चालन तथा मर्मतसम्भार, किसानहरुलाई अनुदानलगायत सहुलियत दिने जस्ता जनमुखी कार्यक्रमहरु ल्याउनुपर्ने मागहरु एमाले पार्टी र उम्मेदवारसमक्ष राखेका छन् ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको विशेष उपस्थिति रहेको कार्यक्रम नेकपा एमालेका उपाध्यक्ष प्रमोद श्रेष्ठ, नेकपा एमाले बेनी नगर कमिटीका अध्यक्ष बेलबहादुर कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८२ फाल्गुन २, शनिबार १६:३१

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ फाल्गुन २, शनिबार १६:३१

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ फाल्गुन २, शनिबार १६:३१

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP