Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २५
October 11, 2026, Sunday

व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी

म्याग्दीका किसानले व्यावसायिक खेतीबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका किसानले बेमौसमी तरकारी, फलफूललगायत खेती गरेर वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।

Advertisement

जिल्लाको बेनी नगरपालिका-२ लभ्लीहिलका चन्द्रबहादुर कार्की, खबराका सोभित शर्मा, भकिम्लीका टेकबहादुर घर्ती, मरेकका इन्द्र थापा, बासकुनाका तिलक गुरुङ, मङ्गला गाउँपालिका-३ का सन्तनाथ सापकोटालगायत जिल्लाका कैयौँ किसानले तरकारी र फलफूल खेतीमार्फत गाउँमा समृद्धिको नयाँ इतिहास रचेका छन् । 

Advertisement

बेनी-२ का कार्कीले नौ रोपनी जमिनमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो । उहाँले धान फल्ने खेत र कोदो झुल्ने बारीभरि तरकारी र फलफूल खेती गरेको उहाँले जानकारी दिनुभयो । 

आफ्नो कमाइबाट बेनी बजार र गाउँमा घर बनाएको कार्कीको भनाइ छ । किसानको कठिनाइबीच मल, बीउ, पानी र बजारको समस्या समाधान गर्दै दिनरात मेहनत गर्नुभएका कार्कीको बारीमा साग, बन्दाकोबी, प्याज, लसुन, मुला, गाजर, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी लगाउनुभएको छ ।

६५ वर्षिय कार्की जहिले पनि खेतबारीको माटोसँग खेलिरहेको देखिनुहुन्छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविताका अंश ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल’ जस्तै उहाँको जीवन पनि सिर्जनात्मक श्रमको प्रत्यक्ष उदाहरण बनेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

कार्कीको सफलताले युवालाई विदेश जानुभन्दा गाउँमा बसेर मेहनत गर्न प्रेरणा दिएको छ । स्थानीय कृषक तेजेन्द्र कार्कीले भन्नुभयो, “कार्की दाइको पसिनाले माटोमा सुन फलाएको छ । उहाँको खेतबारी जापान, कोरिया वा अमेरिका जस्तै भएका छन् ।”

पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमका अनुसार कार्कीको मिहिनेतले गाउँमा पैसाको प्रवाह बढाएको छ भने स्थानीय बजारमा तरकारी आपूर्ति सहज बनाएको छ । व्यापारीको कारोबार बढ्दा कतिपय युवाले गाउँमा रोजगारी पाउन थालेका उहाँको भनाइ छ ।

अध्यक्ष गौतमले भन्नुभयो, “जिल्लाका अधिकांश किसान पछिल्लो समय तरकारी र फलफूलको व्य वसायिक खेती गरी मनग्ये आम्दानी गर्दै आउनुभएको छ । सिजनमा सुन्तला बेचेर रु पाँच लाखदेखि रु ४० लाख आम्दानी गर्ने किसान पनि जिल्लामा हुनुहुन्छ । तरकारी र फलफूलबाट विदेशमा भन्दा बढी कमाइ गर्न सकिने प्रशस्त उदाहरण म्याग्दीमा देखिन्छन् ।”

कार्कीले रासायनिक मल र विषादी प्रयोग नगरी शुद्ध, आग्र्यानिक तरकारी उत्पादनलाई प्राथमिकता दिनुभएको छ । यसले उपभोक्ताको विश्वास जितेको उहाँको भनाइ छ । बेनी बजारका व्यवसायी टीकाबहादुर पाण्डेले भन्नुभयो, “स्वास्थ्यप्रति सचेत उपभोक्ताले कार्की दाइको उत्पादनलाई प्राथमिकता दिन थालेका छन् ।”

जिल्लाका किसानले तरकारी र फलफूल खेतीबाट पाएको यो सफलता व्यक्तिगत सफलता मात्रै नभएर सामुदायिक समृद्धिको कथा भएको बताउँछन् । यहाँका किसानको यो उदाहरणीय मिहिनेतले गाउँमा आर्थिक पाटो चलायमान बनाउन, रोजगारी सिर्जना गर्न, समृद्धिका पक्षमा सकारात्मक सन्देश दिएको उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले धारणा राख्नुभयो । 

Related News

सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
सर्वाधिक पुरस्कार राशिको सातौँ अर्थुङ्गे कपको उपाधि आयोजकलाई
  • २०८३ आश्विन २४, शनिबार १६:३४

म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको अर्थुङ्गे युवा क्लबले आयोजना गरेको सातौँ अर्थुङ्गे कप एवं फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधि...

Care Earth株式会社 द्वारा नेपालका बाढीपीडितका लागि ५ लाख येन सहयोग
Care Earth株式会社 द्वारा नेपालका बाढीपीडितका लागि ५ लाख येन सहयोग
  • २०८३ आश्विन २४, शनिबार ०४:०८

टोकियो, जापान। नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले जापानस्थित Care Earth株式会社 ले...

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

TOP