२०८२ चैत्र २०
April 3, 2026, Friday

गर्भवती र सुत्केरीलाई जलजला गाउँपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ।

Advertisement

गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समारोहका बिच अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म उपचारमा आउनका लागि निःशुल्क सेवाको शुभारम्भ गर्नुभएको छ ।

Advertisement

गर्भवती र सुत्केरी अवस्थामा समयमै सवारीसाधनको उपलब्धता नहुने,सवारीसाधनले समेत चर्को शुल्क लिने गरेको गुनासोसँगै छिमेकी जिल्ला म्याग्दीको बेनी अस्पताल, पर्वत अस्पताल, बागलुङ जिल्लाको बागलुङ अस्पतालका साथै रिफर हुने अस्पतालसम्म कुनैपनि शुल्क नलाग्ने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य,गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । गाउँपालिका भित्र निशुल्क बाहेक गाउँपालिकाभित्रका बासिन्दाले सेवा लिन चाहनेलाई भाडा तोकिएको छ ।

२४ घण्टै सेवा उपलब्ध हुन्छ । गाउँपालिकाले सेवा प्रवाहलाई मध्यनजर गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकाहरूको सम्बन्धित शाखाबाट तथ्याङ्क सहित विवरण संकलन गर्ने समेत गरिने प्रमुख प्रशासकीय अधिकृत आचार्यको भनाई छ ।

यसैबीच सेवाप्रवाहका लागि गाउँपालिकाले निशुल्क टोल फ्रि नम्बर १८१०५०००१६८ तथा ३ जना नगर प्रहरी, २ जना चालक र २ कर्मचारीलाई सचिवालयमा राखिएको छ । गाउँपालिकाका कुनै गुनासो, प्रतिकृया, सुझाव, सल्लाह, राय दिन सकिने गाउँपालिकाले जनाएको छ ।

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८१ श्रावण ११, शुक्रबार ०२:३३

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८१ श्रावण ११, शुक्रबार ०२:३३

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८१ श्रावण ११, शुक्रबार ०२:३३

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP