२०८२ फाल्गुन ३
February 15, 2026, Sunday

बेनी नगरपालिकाले गर्यो विभिन्न क्षेत्रका ९ जनालाई सम्मान

म्याग्दीको बेनी नगरपालिकाले १८ औं नगरसभामा विभिन्न क्षेत्रका गरेर नौं जनालाई सम्मान गरेको छ । नगरसभाको अवसरमा तोकिएको समयमै काम सम्पन्न गर्ने निर्माण ब्यवसायी, उपभोक्ता समिति, टोल विकास संस्था, कार्यसम्पादन गर्ने कर्मचारी, करदाता तथा संस्थालाई सम्मान गरेको हो । नगरप्रमुख सुरत केसीले विका’स निर्माण अलपत्र पार्ने, गुणस्तरहिन काम गर्नेलाई कारवाही र समयमै काम सम्पन्न गर्ने निर्माण ब्यवसायीलाई समानका लागि सधै तयार रहेको बताउनुभयो ।

Advertisement

गत आर्थिक वर्षमा तीनवटा योजनाको ठेक्का लिएर निर्धारित समयमै काम सम्पन्न गरेको एसएस बिल्डर्सका सञ्चालक नवराज बरुवाल, पात्लेखेतको छरटोलदेखि साविले गोरेटे उपभोक्ता समितिका अध्यक्ष जिवन राम्जाली, सिंगा तल्लो तातोपानी टोल विकास संस्थाका उपाध्यक्ष सिता घले बुढा र सबैभन्दा बढी कर तिर्ने वडा ८ की मिठुकुमारी श्रेष्ठलाई नगरप्रमुख केसी, उपप्रमुख ज्याति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले कदरपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।

Advertisement

यसैगरी अधिकृतस्तरको कर्मचारीतर्फ जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी, स्वास्थ्यकर्मीतर्फ रत्नेचौर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक होमनाथ गौतम, वडा कार्यालयमा कार्यरत कर्मचारीतर्फ वडा ८ का सचिव रमेश पौडेल, सहायक स्तरको कर्मचारीमा अल्पकालीन सेवा केन्द्रका प्रमुख साधना केसी र कार्यालय सहयोगीमध्येबाट लक्ष्मण क्षेत्रीलाई सम्मान गरिएको हो ।

उत्कृष्ट करदाता श्रेष्ठले गत आर्थिक वर्षमा नगरपालिकालाई सबैभन्दा बढी ६८ हजार रुपियाँ राजस्व तिर्नुभएकाले सम्मान गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । बेनी नगरपालिकाले सम्मान गरेपछि थप उर्जा थपिएको सम्मानित ब्यक्तिको भनाई थियो ।

Related News

नेकपा एमालेले समुदायमा गरेका सबै प्रतिबद्धता पूरा गर्छ : उम्मेदवार हरिकृष्ण श्रेष्ठ
नेकपा एमालेले समुदायमा गरेका सबै प्रतिबद्धता पूरा गर्छ : उम्मेदवार हरिकृष्ण श्रेष्ठ
  • २०८२ पुष १४, सोमबार १४:५९

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले शनिबार मंगला गाउँपालिका र...

भकिम्लीका वस्तीवस्तीमा उम्मेदवार भण्डारी
भकिम्लीका वस्तीवस्तीमा उम्मेदवार भण्डारी
  • २०८२ पुष १४, सोमबार १४:५९

प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केवि)भण्डारीले मतदाता भेटघाट र प्रचारप्रसार अभियानलाई तिब्र गतिमा...

गलेश्वर शिवालयको अनुरोध ः ‘महाशिवरात्रीमा गरगहना लगाएर मन्दिर नआउनुहोस्, मदीरा बिक्री नगर्न आग्रह
गलेश्वर शिवालयको अनुरोध ः ‘महाशिवरात्रीमा गरगहना लगाएर मन्दिर नआउनुहोस्, मदीरा बिक्री नगर्न आग्रह
  • २०८२ पुष १४, सोमबार १४:५९

म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वमा दर्शन गर्न आउने भक्तजनलाई बहुमूल्य...

TOP