२०८२ चैत्र २३
April 6, 2026, Monday

धौलागिरी अधिकृत बिक्रेता संघको ११ औँ साधारण सभा सम्पन्न

म्याग्दी ।

Advertisement

धौलागिरी अधिकृत बिक्रेता संघको ११औँ साधारण सभा कुस्मामा सम्पन्न भएको छ । व्यापारिक एकता र भावी दिशाबारे छलफल गर्दै संघको साधारण सभा संगै बनभोज कार्यक्रम समेत आयोजना गरिएको थियो । द क्लिफ रिसोर्ट बाग्लुङमा भएको कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाद गौतमले कार्यक्रम उदघाटन गर्दै देशमा व्यवसायीहरको एकताको खडेरी भएको अवस्थामा यसप्रकारका कार्यक्रमले एकता कायम गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले नेपाल बितरक महासंघ, अधिकृत बिक्रेता सघं र व्यवसायीहरु सगैं भएको बिस्वास समेत व्यक्त गर्नुभएको थियो ।

Advertisement

कार्यक्रममा नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको थियो । सस्थाका अध्यक्ष राजन कुमार श्रेष्ठ, महासचिव नारायण ढुङ्गाना र कोषाध्यक्ष जगन्नाथ शर्माले प्रतिवेदन मार्फत बार्षिक गतिविधि र आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा डमुमेन्ट्री भिडियोमार्फत संस्थाका हालसम्मका कामबारे जानकारी गराईएको थियो । कार्यक्रममा बोल्ने बक्क्ताहरुले बिक्रेताहरुलाई ईमान्दारितापुर्वक व्यवसायमा लाग्न सुझाव दिएको थिए । कम्पनीले तोकेको र दिएको मार्जिन अनुसार रहेर काम गर्न अनुरोध समेत गरिएको थियो ।

सस्थापक अध्यक्ष गोविन्द कर्माचार्यले सस्थाले बार्षिक प्रतिवेदनलाई सुक्ष्म र सान्दर्भिक तरीकाले प्रस्तुत गरेकोमा बधाइ ज्ञापन गरेका थिए । पछिल्लो समय व्यवसायी पलायन बढिरहेको साथै डिलर्सहरु थपिनेक्रम समेत बढिरहेको बताउँदै सबैलाई सस्थाहको मातहातमा ल्याउनुपर्ने बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासघं गण्डकीका सदस्य तथा बाग्लुङ उद्योग बाणिज्य सघंका निर्वतमान अध्यक्ष नरेश कँडेलले अहिले बजारमा केही भएको छैन भन्ने जुन भाष्य निर्माण भएको छ यसले समाज अझ भड्किए जस्तो भएको बताउनुभयो । देशको अर्थतन्त्रमा नीजि क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ ।

सस्थाका अध्यक्ष राजन कुमार श्रेष्ठले साविकको धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएर वितरक सघंले काम गरिरहेको बताउनुभयो । बाग्लुङ बजारमा मुख्य कार्यालय रहने गरि सन्चालन भएको सस्था पर्वत र म्याग्दीलाई समेटेको बताउनुभयो । उहाँले देशमा स्थिर सरकार नहुँदा व्यवसायीका माग र आवश्यकता अनुसारका नितिहरु निर्माण हुन नसकेको उहाँको भनाई थियो । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेल, एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडका प्रतिनिधी र ब्रम्हाकुमारीका प्रतिनिधी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, नि अध्यक्ष, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, बाग्लुङ, म्याग्दी र पर्वतका सम्पूर्ण साधारण सदस्यहरु, विभिन्न संघसंस्था, व्यवसायी, संञ्चारकमी, राजनितिज्ञ लगायतको उपस्थिीती रहेको थियो । कार्यक्रमको सस्थााका महासचिव नारायण ढुगांनाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सस्थाका उपाध्यक्ष हेमन्त बानियाले गर्नुभएको थियो ।

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८२ माघ २७, सोमबार १४:५३

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८२ माघ २७, सोमबार १४:५३

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८२ माघ २७, सोमबार १४:५३

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP