म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा कार्यान्वनयमा ल्याउन नेपाल सरकारलाई एकताबद्ध रुपमा दबाब सिर्जना गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारले विसं २०७५ फागुन १९ गते राजपत्रमा प्रकाशित गरी म्याग्दीलाई २१औँ हिमाली जिल्लाका रूपमा सूचीकृत गरेको थियो ।
हिमाली जिल्लाको मापदण्डअनुसार संघीय र प्रदेश सरकारले विनियोजन गर्ने बजेट, सञ्चालन गर्ने योजना, स्थानीय तहले पाउने अनुदान, शिक्षक तथा कर्मचारीले सेवासुविधालगायत पाउन नसकेकाले कार्यान्वयनका लागि दबाब दिने निर्णय गरिएको जिल्ला समन्य समिति म्याग्दीका कार्यवहाक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो ।
त्यसैगरि जिल्ला समन्वय समिति र स्थानीय तहहरुको लागत साझेदारीमा तीन वटा योजनाहरु सञ्चालन गर्ने सभाले निर्णय गरेको छ । लागत साझेदारी अन्तर्गत जिससबाट बेनी नगरपालिका–६ को वडा कार्यालय व्यवस्थापनको लागि रु ७ लाख ५० हजार, बेनी नगरपालिका– ५ डडुवा सामुदायिक स्वास्थ्य केन्द्र भवनका लागि रु ५ लाख र धवलागिरी गाउँपालिका– १ गुर्जाको जनकल्याण माविमा न्यानो कोठा व्यवस्थापनका लागि रु ४ लाख ५० हजार बजेट विनियोजन गर्ने सभाले निर्णय गरेको छ ।
सभाले म्याग्दी जिल्ला भित्रका करिब ८० वटा ठुला योजनाहरुलाई प्राथमिकीकरण गरी आबश्यक बजेट विनियोजनका लागि प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । सभामा जिल्लाका विकास निर्माणको क्षेत्रमा देखिएका समस्याहरुको बारेमा समेत छलफल भएको थियो । जिल्ला समन्वय समिति म्याग्दीका कार्यवहाक प्रमुख खत्रीको अध्यक्षतामा भएको सभामा जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...
म्याग्दीका किसानले व्यावसायिक खेतीबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका किसानले बेमौसमी तरकारी, फलफूललगायत खेती गरेर...