२०८३ बैशाख ३
April 16, 2026, Thursday

३५ दिनभित्र चुनावको खर्च विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं- निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई चुनावको खर्च विवरण बुझाउन निर्देशन दिएको छ।

Advertisement

आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका सबै उम्मेदवारलाई खर्च विवरण बुझाउन निर्देशन दिएको हो।

Advertisement

आयोगले सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन भनेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारले मतदान भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको छ।

त्यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका दलहरूलाई पनि खर्च विवरण बुझाउन निर्देशन दिएको छ।

यसअघि स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। जरिवाना नतिरेका व्यक्तिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा दिएको उम्मेदवारी रद्द गरिएको थियो।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर १२, सोमबार १५:५९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर १२, सोमबार १५:५९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर १२, सोमबार १५:५९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP