Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको अवसरमा विभिन्न संघसंस्था, उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । उक्त साधारण सभामा बोल्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले आगामी आर्थिक बर्षको बजेटमा म्याग्दीलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । उहाँले म्याग्दीको भुगोल र यहाँको आवश्यकताका बारेमा आफुलाई जानकार रहेको भन्दै आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो ।

Advertisement

Advertisement

यसैगरी जिल्लामा संचालित क्याम्पसहरु मध्येबाट २०८१ म बजार शास्त्र, व्यवस्थापन संकाय (बिबिएस) मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने म्याग्दी क्याम्पसबाट ६४.३५ प्रतिशत अंक प्राप्त गर्ने छात्र बेनपा २ का सुरेन्द्र थापा, छात्रा तर्फ ७६.४५ प्रतिशत ल्याउने बेनपा ४ कि सुजता पौडेललाई नगद ५ हजार सहित च्याब्बर अर्वाड र कदर पत्रले सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषबाट गएको १ वर्षको अवधिमा विभिन्न विपद्लगायत घटनाबाट क्षति बेहोरेका उद्योगी, व्यवसायी तथा आफन्त गुमाएका संघका विभिन्न सदस्यहरुलाई २ लाख ३० हजार रकम हस्तान्तरण गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । साथै बेनपा ४ तातोपानीका तुलप्रसाद नेपालीको फेन्सी पसलमा बाढीले क्षेती पुराएको भन्दै संचालन नेपालीलाई नगद दश हजार रुपैयाँ सहयोग गरिएको छ ।

साधारणसभामा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले संस्थागत, महासचिव नारायण घर्ती क्षत्रीले प्रगति र कोषाध्यक्ष सुमन श्रेष्ठले गएको आवको आयव्यसहितको आर्थिक प्रतिवेदन बन्द सत्रले सर्वसम्मतले पारित गरिएको महासचिव घर्ती क्षत्रीले बताउनुभयो । साधारणसभाको उद्घाटनसत्रमा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका सचिव भरत बहादुर रकाल, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापा, गण्डकी प्रदेश सभा सदस्यद्धय रेशम बहादुर जुग्जाली, हरी भण्डारी, स्थानीय तहको तर्फबाट बेनी नगरपालिका प्रमुख सुरत केसी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले स्वागतसहित अध्यक्षता र महासचिव नारायण घर्ती क्षत्रीले सञ्चालन गर्नुभएको साधारणसभाको उद्घाटनसत्र संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले धन्यवाद मन्तव्यका साथ समापन गर्नुभएको थियो ।

 

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP