२०८३ आश्विन १
September 17, 2026, Thursday

दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई

दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि पुरष तर्फ ताप्लेजुङका रमेश लिम्बु र महिला तर्फ डोल्पाकी सुनसरी रोकाले हासिल गर्नुभएको छ । ।

Advertisement

अन्नपूर्ण हिमालको सफल आरोहण गरेको दिन जुन ३ बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित चार हजार एकसय ९० मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर देखि नारच्याङ सम्म ३० किलोमिटर दूरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको

उपाधि विजेता लिम्बुले २ घण्टा ४ मिनेट र रोकाले २ घण्टा ४७ मिनेट १६ सकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गरेको ७६ औं अन्नपूर्ण दिवस मुल समारोह समितिका व्यवस्थापक टकबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष तर्फ मनकुमार रोका काठमाण्डौंले २ घण्टा १६ मिनेट ११ सकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सकेन्डमा दूरी पार गरेर अर्जुन कुलिङ सोलुखुम्बुले तेस्रो स्थान हासिल गर्नुभएको छ ।

यसैगरी महिला तर्फ पुस्पा शेरमा पाचथरले २ दुई घण्टा ५२ मिनेट ७ सकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई खोटाङले २ घण्टा ५३ मिनेट ३० सकेन्डमा उक्त दूरी पार गरेर तेस्रो हुनुभएको दिवस मुल समारोह समितिका व्यवस्थापक पुनले जानकारी दिनुभयो ।

यसैगरी प्रतियोगितामा पुरुष तर्फ लोकन्द्र राई सोलुखुम्बु,होमलाल श्रेष्ठ रामेछाप,सनम गुरुङ तनहुँ र महिला तर्फ सन्देभा बुढा जुम्ला,आशमा विक रोल्पा,भिमु बुढा जुम्लाले सन्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।

 

दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद एकलाख २५हजार,दोस्रोलाई ७५ हजार,तेस्रोलाई ४३ हजार ७ सय ५० रुपियाँ नगद सहित प्रमाणपत्र र सान्त्वना हुनेलाई १२ हजार पाँचसयका दरले नगद पुरस्कार सहित सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष भारतकुमार पुन,उपाध्इक्ष दिवा पुन तिलिजा,प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र वडाध्यक्ष लोकबहादुर फगामीले नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP