२०८३ जेष्ठ ११
May 25, 2026, Monday

म्याग्दी जेसीजको अध्यक्षमा सुमन बानियाँ निर्विरोध

म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको २४औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२३ का लागि सुमन बानियाँको अध्यक्षतामा समिति चयन गरेको हो ।

समितिको कानुनी सल्लाहकार दिनेश बानियाँ,बरिष्ठ कार्यकारिणी उपाध्यक्ष बिष्मा श्रेष्ठ,कार्यकारिणी उपाध्यक्ष दिनेश कुमार विश्वकर्मा, कार्यकारिणी उपाध्यक्ष बिनोद घर्ती,महासचिव कुमार बानियाँ,कोषाध्यक्ष नवीन खत्री,शाखा सम्पादक सुनिता श्रेष्ठ,सहसचिव सज्जन श्रेष्ठ,सहकोषाध्यक्ष अनिल पौडेल,उपाध्यक्ष अमिर श्रेष्ठ,उपाध्यक्ष कृष्णप्रसाद पौडेल,उपाध्यक्ष पवित्रा खत्री, उपाध्यक्ष सागर बरुवालतालिममा संयोजक नवीन पौडेल,प्रकरण निर्दशक गणेश सुवेदी रहेको म्याग्दी जेसीजले जनाएको छ ।

नवनिर्वाचतलाई पदस्थापनमार्फत जिम्मेबारी हस्तान्तरण गरिने छ । सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, सदस्यको क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । म्याग्दी जेसीजले संस्थागत गतिविधि बाहेक सामाजिक एवम् मानवीय सेवा र पर्यटन प्रर्बधनमा समेत सक्रियता देखाउने गरेको छ ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ पुष २३, शनिबार १४:३६

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ पुष २३, शनिबार १४:३६

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ पुष २३, शनिबार १४:३६

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP