२०८३ जेष्ठ २५
June 8, 2026, Monday

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण


प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची स्वीकृत गराएर नागरिकलाई सेवा प्रवाह प्रभावकारी बनाउने काममा राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुलाकमार्फत घरमै पु¥याउने उल्लेख गरेपछि म्याग्दीमा बुधबारदेखि घरघरमा सरकारी कागजात पुराउन सुरु गरिएको छ ।

Advertisement

जिल्लाकोे बेनी नगरपालिका–२,ज्यामरूकोटस्थित बिमिराबोटकी सरस्वती थापा घिमिरेले घरमै जिल्ला हुलाक कार्यालयमार्फत घरमै राहदानी (पासपोर्ट) पाउनुभयो । बुधबार प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले घरमै पुगेर सरस्वतीलाई छोराछोरीको समेत गरी चारवटा पासर्पोट उपलब्ध गराएपछि दंग पुर्नभएको छ ।

Advertisement

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची स्वीकृत गराएर नागरिकलाई सेवा प्रवाह प्रभावकारी बनाउने काममा राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुलाकमार्फत घरमै पु¥याउने उल्लेख गरेपछि जिल्ला हुलाक कार्यालय म्याग्दीले बुधबारदेखि सेवा सुरू गरेको छ ।
प्रमुख जिल्ला अधिकारी आचार्यले ज्यामरुककोटबाट सेवाको सुभारम्भ गर्नुभयो ।

सोही अवसरमा वडा अध्यक्ष यामबहादुर कार्कीले जनताको घरदैलोमा सेवा दिने सरकारको अभियानलाई वडाका जनप्रतिनिधि सहित जनशक्तीलाई समेत आवश्यकता अनुसार परिचालन गर्ने बताउनुभयो । बुधबार बेनी नगरपालिका–२ ज्यामरुककोट, खवरा र वडा नं ६ चुत्रेनीमा ७ वटा राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अब पासर्पोट घरदैलोमै सबै पालिकाका हुलाकमार्फत चिठीजस्तै घरदैलोमै पु¥याईने छ ।

जिल्ला हुलाकमा कार्यरत जनशक्तीबाट नेपाल सरकारको निति अनुसार सेवा प्रवाहलाई तिब्रता दिने कार्यालय प्रमुख थापाको भनाई छ । हुलाक सेवालाई ‘सरकारी कुरियर’का रूपमा विकास गर्ने गरी आवश्यक स्रोतसाधन समेत थप गर्ने तयारी भइरहेको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयमार्फत सेवा प्रवाह गर्ने बताउनुभयो । उहाँका अनुसार यो निशुल्क सेवा हो, थप सेवाहरुलाई पनि घरदैलोमै ल्याउने गरी योजना बनिरहेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP