म्याग्दीको बेनीमा आयोजना गरिएको खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई लगातार ३ सेटले पराजित गर्दै रघुगंगा पुरुष भलिबलको च्याम्पियन बन्न सफल भएको हो ।
प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ को सेटमा पराजित गर्दै रघुगंगा गाउँपालिका प्रथम हुन सफल भएको जिल्ला भलिबल संघ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

भलिवल प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई मेडल, ट्रफी,प्रमाणपत्रसहित ८८ हजार ८८८ र ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, व्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...