२०८३ बैशाख २०
May 3, 2026, Sunday

जलजलामा हात्तिपाइले विरुद्धको औषधि खुवाइदै

पर्वतको जलजला गाउँपालिकामा आगामी फागुन ११ गतेदेखि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी भएको छ ।

Advertisement

पर्वत र बागलुङ जिल्लामा फागुन ११ देखि ५ दिन सञ्चालन हुने हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रमको तयारीका लागि जलजला गाउँपालिकाको स्वास्थ्य शाखाले आइतबार लामाखेतमा गाउँपालिका स्तरीय योजना तथा वहुनिकाय गोष्ठि गरेको छ ।

कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक गोरे नेपालीले पहिलो दिन बुथ र स्वास्थ्यकर्मी घरघरमा पुगेर औषधी खुवाउने तयारी गरिएको जनकारी दिनुभयो । जलजलामा २१ हजार जनलाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य राखिएको छ ।

Advertisement

गत वर्ष लक्ष्यको ७६ प्रतिशत अथवा १६ हजार जनाले औषधी सेवन गरेका थिए । पहिलो चरणमा ९ वटै वडाका टोलटोलका बुथ र छुटेकालाई घरमै पुगेर औषधी खुवाइने स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज आचार्यले बताउनुभयो । हात्तिपाइले रोगबाट बच्नका लागि औषधी सेवन गर्नुपर्छ ।

पोथी लामखुट्टको टोकाईबाट सर्ने र परजिविका कारणले हुने हात्तिपाइले रोगले मानिसलाई शारिरिक रूपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउँछ । शरिरमा यो परजीवि प्रबेश गरेको केही बर्ष पछि मात्र यस रोगका लक्षणहरू देखिने हुन्छ ।

यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिंदैन । हात्तीपाईले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि यो रोगको जोखिम भएको जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ ।

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सन्तोष पौडेलले जिल्लाभर एक लाख २८ हजार जनालाई हात्तिपाइलेको सँगै जुकाको औषधी पनि खुवाउन लागिएको बताउनुभयो । गत वर्ष पर्वत जिल्लाभर ८९ प्रतिशतले हात्तिपाइले विरुद्धको औषधी सेवन गरेका थिए । अन्य पालिकाको तुलनामा जलजलामा कम औषधी सेवन भएको छ ।

पर्वतमा यसपाली १४ औ पटक हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो । यसपाली अन्तिम पटक ९० प्रतिशत भन्दा बढी नागरिकलाई हात्तिपाइले विरुद्धको औषधी खुवाउने तयारीका साथ ब्यापक जनसहभागिता र प्रभावकारी बनाउने गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले औषधीका विषयमा रहेको भ्रम न्युनीकरण गर्दै हात्तिपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रममा ब्यापक जनसहभागिता जुटाउन सबै जनप्रतिनिधि र कर्मचारी परिचालन हुने बताउनुभयो ।  धार्मिक गुरुहरुलाई पनि अभियानको बारेमा अभिमुखीकरण गर्ने देखि तेस्रो पक्षबाट अनुगमन गर्ने रणनीति बनाएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले उद्देश्य हाँसिल गर्न प्रभावकारी हिसाबले हात्तिपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । अंगभंग गराई अपांग समेत बनाउने हात्तिपाइले विरुद्धको औषधी सेवन गर्दा स्वास्थ्यमा कुनै असर नपर्ने कार्यक्रममा सहभागीहरुले प्रष्ट पार्नुभयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ माघ २९, आईतवार १३:४९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ माघ २९, आईतवार १३:४९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ माघ २९, आईतवार १३:४९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP