म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ चौर गाउँ बर्षौदेखि खानेपानीको समस्यामा रहेको छ । तिन दशक बढीदेखि यहाँका बासीन्दाले खोलाको पानी खान बाध्य छन् । यस गाउँका १४ घरधुरी खोलाको दुषित पानी पिउँन बाध्य छन् ।
जसका कारण दुषित पानी पिउँदा बालबालिका बिरामी हुने गरेको स्थानीय निशा खत्री बताउनुभयो । एक गाग्री पानी ल्याउन एक घण्टाको समय खर्चिनुपर्छ । उक्त खानेपानी समस्यालाई लिएर जिल्ला स्थित राजनितिक दलहरुले समेत चुनावमा मुद्धा बनाउँदै आएका छन् ।
प्रत्येक चुनावमा भोट माग्न गाउँ पस्ने राजनितिक खानेपानी समस्या समाधान गर्ने बचन दिएपनि जितेपछि भने गाउँलाई बेवास्त गर्ने गरेको उहाँले गुनासो गर्नुभयो । ‘दुई दशकदेखि हाम्रो बस्तीमा खानेपानीको एकदमै समस्या छ ,आजसम्म खोलाकै पानीमा नर्भर छौं,’उहाँले भन्नुभयो ,‘प्रत्येक चुनावमा हामीले पानीको माग राख्छौं तर,जितेपछि कुनै पनि नेता फर्केर आउनुहुन्न ।’
यहाँका बासिन्दा वर्षातको समयमा मुलको पानी पिउँदै आएका छन् ।
अँधेरी खोलाको शिरबाट करिब ७ सय मिटर पाइप मार्फत खानेपानी ल्याएर वितरण गरिएको छ । पाइपको पानी बन्द हुँदा धाँदो भन्ने ठाउँबाट बोकेर ल्याउनुपर्छ । कात्तिक पछि खडेरीका कारण खोलाको पानी पनि सुक्दा स्थानीयलाई झनै समस्या हुने गरेको छ ।
‘बर्खाको समयमा मात्र मुहानको पानी खान पाइन्छ ’उहाँले थप्दै भन्नुभयो,‘बर्षमा ६महिना पानी आउँछ तैपनि खोलाको ! सम्बन्धीत निकायमा हाम्रो समस्या पुगोस् ।’ ‘विगत २० बर्षदेखि यहाँ शुद्ध खानेपानीको साह्रै समस्या छ । हाम्रो बस्तीमा सरकारको ध्यान पुगेको छैन्,’ स्थानीय हिरा केसीले भन्नुभयो । यसैगरी सोही वडाका गाोल्फु कल्लेनी र बरखर्कका १२ घरधुरीले ठोटनरी खोलाको दुषित पानी पिउन बाध्य छन् ।
यता वडा अध्यक्ष अमृत भण्डारीले ठुलो वडा बजेट कम हुँदा खानेपानी समस्या समाधन गर्न नसकिएको बताउनुभयो । ‘एक घर एक धारा अभियान संचाल गरे पनि स्र्रोत नहुँदा वडाभरी खानेपानीको समस्या छ,’’उहाँले भन्नुभयो । रघुगंगा गाउँपालिका– २ र ३ वडालाई लक्षित गरेर सङ्घीय सरकार मार्फत निर्माणाधीन अवस्थामा रहेको बृहत् चिमखोला–भगवती–पिप्ले खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा सम्म खानेपानी समस्या समाधान नहुने बताउनुहुन्छ ।गत बर्ष गाउँपालिकाले खानेपानी आयोजना निर्माण सम्पन्न गर्न गत बर्ष एक करोड रुपैयाँको डिपिआर बनाएर सङ्घमा पठाएको थियो ।
ठाडीखोरिया–माँझखर्क–रिसिन चौतारी–चौर–बाँसरुख खानेपानी आयोजना निर्माण गर्न गत वर्ष गाउँपालिकिाले २० लाख रुपियाँ बजेट विनियोजन गरेको आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष भगवान केसीले बताउनुभयो । पहिलो चरणमा हाँडेभिर मुहानको पानी ल्याएर माँझखर्कका २६ घरधुरीमा वितरण गरिएको छ । अन्य बस्तीका लागि बजेट अभाव हुँदा आयोजनाले पुर्णता नपाएको बताउनुभयो । ठोटनरी मुहानको पानी गोल्प्m हुँदै बरखर्क बस्तीमा र बनाखी मुहानको पानी रिसिन चौेतारीको बस्तीलाई पु¥याइनेछ । भने खानपानी मुहानको पानी बाँसरुख हुँदै चौर बस्तीमा पु¥याइनेछ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...