२०८२ फाल्गुन २०
March 4, 2026, Wednesday

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ ।

Advertisement

चैत १७ गते शुक्रबार देखि सुरु हुने एसइई परिक्षालाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि मंगलबार इकाई कार्यालयमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा केन्द्राध्यक्षलाई नियुक्ती पत्र दिदै परिक्षालाई ब्यवस्थित रुपमा संचालन गर्न निर्देशन गरिएको हो । जिल्लामा रहेका ९ वटा एसइई परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्षलाई जिल्ला परिक्षा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले नियुक्ती पत्र हस्तान्तरण गर्नुभएको थियो ।

Advertisement

यसबर्ष म्याग्दीबाट एसइई परिक्षामा २ हजार १ जना विद्यार्थी हुने शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका इकाई प्रमुख दलबहादुर थापाले बताउनुभयो । जिल्लाबाट नियमितर्फ १ हजार ९०७, ग्रेड वृद्धितर्फ १७ जना र प्राविधिक धार तर्फ ७७ जना परिक्षा सहभागि हुने छन् । परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सम्बन्धित सामाग्रीहरु जिल्लामा आईसकेको जानकारी गराउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले एसइई परिक्षामा सहभागि विद्यार्थीहरुलाई परिक्षा हलमा अनुशासित रुपमा ढुक्कसंग लेख्ने वातावरण तयार गर्न केन्द्राध्यक्षलाई निर्देशन गर्नुभएको छ । उहाँले तोकिएका परिक्षा केन्द्रमा परिक्षा सुरु हुनु पुर्व विद्यार्थीहरुको लागि आवश्यक पूर्वाधार ब्यवस्थापनमा स्थानीय प्रशासन, परिक्षा समन्वय समिति र इकाईसंग समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो

त्यस्तै प्रहरी नायव उपरिक्षक मदन कुँवरले परिक्षा संचालन भईरहेको बेलामा समुह बनाएर अनुगमन गर्ने, फोटो खिच्ने र लामो समय परिक्षा हलमा बस्ने कार्यहरुलाई रोक्न आग्रह गर्नुभयो । जिल्ला परिक्षा समन्वय समितिका सदस्य, केन्द्राध्यक्ष र पत्रकार उपस्थित भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण प्राविधि सहायक सरिता रानाले गर्नुभएको थियो ।

यस बर्षदेखि प्राविधिक शिक्षातर्फका विद्यार्थीहरुले विद्यालय सहभागि हुने परिक्षा केन्द्रबाट परिक्षा दिन पाउने ब्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत्र १७ गतेदेखि २९ गतेसम्म विहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक छ ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०७९ चैत्र १५, बुधबार ०२:४२

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०७९ चैत्र १५, बुधबार ०२:४२

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०७९ चैत्र १५, बुधबार ०२:४२

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP