२०८३ बैशाख २०
May 3, 2026, Sunday

धौलागिरी हिमालमा एक भरिया बेपत्ता

धौलागिरि हिमालको आधार क्षेत्रबाट फकिर्ने क्रममा एक भरिया बेपत्ता भएका छन् । आरोहीको सामान बेसक्याम्प पु¥याएर इटाली बेसक्याम्प तर्फ फर्किदै गरेका २० बर्षिय अमृत राई बाक्लो हिमपातका कारण बेपत्ता भएका हुन् । बेपत्ता राई सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं १ नुथला फुलेली गाउँका हुन् ।

संसारको सातौं (८,१६७) मिटर अग्लो म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट फर्किने क्रममा भारी हिमपात भएपछि बेपत्ता भएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए। उनका अनुसार बेपत्ता राईसँगै फर्किदै गरेका धिरज राई र अमृत राई सुरक्षित छन् ।

‘हिउँपहिरोमा परेको आशंका गरिएको छ, खोजीकार्य भइरहेको छ’ पर्यटन ब्यवसायी शेरचनले भने । बेपत्ता राईको खोजीकार्य आइतबारदेखि गरिने छ । आरोहणमा गएका र फर्किन क्रममा रहेका सबै भरिया र र पदप्रर्दशक भने सुरक्षित रहेको बताइएको छ । शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको छ ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० बैशाख ९, शनिबार १५:५८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० बैशाख ९, शनिबार १५:५८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० बैशाख ९, शनिबार १५:५८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP