२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

बिना दर्ता सञ्चालनमा छन् औषधि पसल

म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरवाङ बजारमा बिना दर्ता औषधि पसल सञ्चालन हुँदा मानव स्वास्थ्य नै जोखिममा परेको छ । पश्चिम क्षेत्रका नागरिकको स्वास्थ्योपचारलाई मध्येनजर गर्दै दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ । 

Advertisement

प्राथमिक स्वास्थ्य केन्द्रको गेटमै जोडिएको एउटा औषधि पसल छ, जुन पसलको नाम छैन । स्वास्थ्य केन्द्रकै कर्मचारी जङ्गबहादुर पुनले सञ्चालन गरेको सो औषधि पसलले न त औषधि व्यवस्था विभागबाट इजाजत लिएको छ, न मालिका गाउँपालिकामा दर्ता नै भएको छ । 

Advertisement

जङ्गबहादुरजस्तै अन्य सात जनाले पनि विभागीय दर्ता र स्थानीय तहको अनुमतिबिना नै औषधि विक्री वितरण गर्दैआएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दरवाङकै कर्मचारी पुनले आफूले बिना दर्ता औषधि पसल सञ्चालन गरेको बताउनुभयो । “दश वर्षभन्दा बढी समयदेखि चलेका औषधि पसल त दर्ता भएका छैनन्, मैले सञ्चालन गरेको लामो भएको छैन” पुनले भन्नुभयो ।

मालिका गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तकुमारी कार्कीका अनुसार गाउँपालिकाको केन्द्र दरवाङ क्षेत्रमा ९ वटा औषधि पसल सञ्चालनमा छन् । एक आयुर्वेदिक र अन्य आठगरी ९ वटा पसलमध्ये दुई वटाले औषधि व्यवस्था विभागमा दर्ता भएको भने पनि उनीहरूले पनि गाउँपालिकामा विभागको दर्ता बुझाएका छैनन् । 

दरवाङ क्षेत्रमा सञ्चालित छ वटा औषधि पसलले कहीँ कतै कुनै पनि दर्ता नगरेको कार्कीको भनाइ छ । स्वास्थ्य क्षेत्रकै कर्मचारीले औषधि पसल सञ्चालन गरेको भए पनि दर्ता भने गरेका छैन ।

मालिका गाउँपालिकाको कार्यालयसँगै जोडिएर रहेको औषधि पसलको पनि नाम छैन । न त दर्ता प्रमाणपत्र र साइनबोर्ड नै । गाउँपालिकाकै जनस्वास्थ्य निरीक्षक राजेश थापा मगरले सञ्चालन गरेको सो औषधि पसल पनि दर्ता छैन । गाउँपालिकाकै स्वास्थ्य शाखाका कर्मचारीले गाउँपालिकासँगै जोडिएको घरमा चलाएको पसलको समेत न त विभागीय अनुमति छ न त कहीँ कतै दर्ता । 

पसलका सञ्चालक थापाले आफू गाउँपालिकाको कर्मचारी भए पनि बिना दर्ता पसल सञ्चालन गरेको बताउनुभयो । विभागबाट अनुमति लिएको छैन र अरू पनि अनुमतिबिना नै सञ्चालित छन् । गाउँपालिकामा स्वास्थ्य क्षेत्रको नियमन गर्ने फाँटमा आफू भए पनि आफैले अवैध तवरले पसल सञ्चालन गरिरहेको उहाँको स्वीकारोक्ति छ ।

संविधानको धारा ४४ को उपधारा १ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भन्ने उल्लेख छ । उपधारा २ मा गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ उल्लेख छ । अमृतप्रसाद पौडेल

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० बैशाख १३, बुधबार १४:०६

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० बैशाख १३, बुधबार १४:०६

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० बैशाख १३, बुधबार १४:०६

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP