२०८२ फाल्गुन १
February 13, 2026, Friday

विश्वामित्र सहकारीद्धारा शेयर सदस्यहरुलाई वित्तीय साक्षरता तथा अन्तरक्रिया

Advertisement

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका सदस्यहरुले आफुलाई ग्राहकका रुपमा नभई संस्थाको मालिकका रुपमा बुझ्दाका दिन सहकारीका समस्या समाधान हुने बताउनु भएको छ ।
विश्वामित्र वचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीले शनिवार आयोजना गरेको वित्तीय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बताउनु भएको हो ।

Advertisement

सहकारी सदस्यहरुको हो, सदस्यको आर्थिक सहभागिता सहित सञ्चालन हुने सहकारीमा सदस्यले आफुलाई मालिकको रुपमा नभई ग्राहकको रुपमा हेर्ने गरेका कारण समस्या देखिएको भन्दै जिसीले जुनदिन देखि सदस्यहरुले आफुलाई मालिकका रुपमा बुझ्न थाल्छन्, त्यो दिनदेखि सहकारीहरु समस्यामा नपर्ने बताउनुभयो ।

सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सञ्चालकहरुले सदस्यहरुको चाहना र आवश्यकताका आधारमा योजना बनाउने, शेयर सदस्यहरुले संस्थाको योजनालाई सफल पार्नका लागि सहयोग गर्ने र कर्मचारीले दैनिक कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सके सहकारीका समस्या समाधान भई सहकारीमार्फत आर्थिक तथा सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्न सकिने बताउनुभयो ।

सहकारीमा यतिबेला वचत फिर्ताको चाप बढेको भन्दै जिसीले वचत फिर्ताको चाप बढ्दै गए त्यसको असर ऋणी सदस्यहरुमा पर्ने भएकाले ऋण लगेर भुक्तान नगरेका सदस्यहरुले यतिबेला ध्यान दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा बेनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बाँनियाले विश्वामित्र सहकारीमा सदस्यहरुको सक्रिय सहभागिता, सञ्चालकहरुको प्रभावकारी सञ्चालन र कर्मचारीहरुको सही व्यवस्थापन भएकाले सहजताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

बजारमा चल्ने हल्लाका पछि नलागि संस्थाको यथार्थ अवस्था बुझेर ढुक्कका साथ कारोबार गर्न उहाँले सबै शेयर सदस्यहरुलाई आव्हान गर्नु भयो । संस्थाका अध्यक्ष याम बहादुर बानियाले शेयर सदस्यहरुको चाहना र भावना अनुसार संस्था सञ्चालन भएकाले दिर्घकालिन लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो ।

विश्वामित्र सहकारीमा हाल ७ सय ७५ जना शेयर सदस्य, ३ करोड ७० लाख शेयर रकम, १९ करोड वचत रकम, २२ करोड ऋण लगानी, १ करोड ५५ लाख कोष रहेको प्रवन्धक सरस्वती बानियाले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत शिक्षा उपसमितिका संयोजक देवी जिसी र सञ्चालन सचिव भोज बहादुर बानियाले गर्नु भएको थियो ।

Related News

एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
  • २०८० बैशाख १६, शनिबार १४:१९

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...

जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
  • २०८० बैशाख १६, शनिबार १४:१९

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...

म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
  • २०८० बैशाख १६, शनिबार १४:१९

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...

TOP