म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन भएको तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको थियो ।
न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र वडा तथा वस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।
“समाजमा उत्पन्न हुने न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने बिवादलाई वस्ती स्तरमै मेलमिलापको माध्यमबाट सुझाउन वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो । मेलमिलापकर्ताको रुपमा काम गर्न इच्छुक जनप्रतिनिधि र अगुवाहरुलाई आधारभूत तालिमको सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
मेलमिलापकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्न सकेमा वस्ती स्तरमै बिवाद निरुपण हुने, मेलमिलाप कायम हुने, न्यायिक समिति, प्रहरी, अदालत र अन्य अर्धन्यायिक निकायमा धाउने समय र खर्चको बचत हुने जिल्ला न्यायाधिश कृष्णप्रसाद नेपालले बताउनुभयो ।
तालिमको शान्तिका लागि समग्र विकास संस्थाका बिन्दीया खनाल, विद्या खनाल, राजेश खनाल लगायतले सहजिकरण गर्नुभएको थियो । समापन समारोहमा जिल्ला न्यायाधिश नेपाल, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खेमराज पाठकले मेलमिलाप कर्ताको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
मेलमिलाप कर्ता भएपछि वडामै मेलमिलाप केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । तालिममा वडा नम्बर १ बाट ४ जना, २ बाट ४ जना, ३ बाट ५ जना, ४ बाट ४ जना, ५ बाट ३ जना, ६ बाट ३ जना र ७ बाट ५ जनाले सहभागिता जनाएका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...