२०८३ असार ५
June 19, 2026, Friday

भारतमा पुर्‍याई युवती बेचबिखन गरेको आरोपमा म्याग्दीकी एकजना पक्राउ

भारतको आसाम पुर्‍याई युवती बेचबिखन गरेको आरोपमा एकजना पक्राउ परेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । झापामा पक्राउ परेकी खत्रीमाथि गरिएको अनुसन्धानमा नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पुर्‍याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ ।

Advertisement

प्रहरीका अनुसार खत्रीका एक सहयोगीले विसं २०७९ कात्तिक २४ गते एक युवतीलाई नुवाकोटबाट बस चढेर काठमाडौँमा आफन्त भेट्न आउने क्रममा खानेकुरा तथा पानीमा बेहोस पार्ने औषधि मिसावट गरेर खुवाएका थिए । पीडित युवती बेहोस् भएपछि उनले गिरोहसँगको मिलेमतोमा भारतको आसाम राज्यको सिल्चरको कोठीमा बेचेका थिए ।

Advertisement

त्यसपछि खत्रीलगायतले पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएर राखेको प्रहरीले जनाएको छ । त्यसपछि नेपाल प्रहरीले भारतीय प्रहरी र माइती नेपालको सहयोगमा पीडितको उद्धार गरेको थियो । पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा आजै अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार पीडित युवतीलाई बेचबिखनमा लगाउनेमा उनीसहित नेपाल र भारतका ६ जनाको संलग्नता रहेको खुलेको छ । खत्री यसअघि पनि मानव बेचबिखन अपराधमा संलग्न रहेको पाइएको छ । गत मंसिरमा उनी अदालतको आदेशले एक लाख ५० हजार रुपैयाँ धरौटी तिरेर तारिखमा छुटेको पाइएको छ ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP