२०८३ असार ४
June 18, 2026, Thursday

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ

Advertisement

राकेश शर्मा

Advertisement

म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा खानेपानी सेवा विस्तार गर्नु स्थानीय सरकारका लागि चुनौतीपूर्ण विषय बनेको छ । उकालो–ओरालो, छरिएर रहेका बस्ती र सीमित स्रोतका बीच पनि गाउँपालिकाले पछिल्ला वर्षहरूमा खानेपानी तथा सरसफाईलाई उच्च प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा काम अघि बढाएको छ ।

यही प्रयासको पहलमा वडा नम्बर २ स्थित रिसिनचौतारीका स्थानीयको वर्षौँदेखिको खानेपानी समस्या समाधानतर्फ उन्मुख भएको छ । वर्षौँसम्म शुद्ध खानेपानीबाट वञ्चित बनेका स्थानीय अहिले आफ्नै घरआँगनमा धारामा पानी झ्र्न थालेपछी राहतको महशुस गरेका छन् । गत वर्ष गाउँपालिका र वडा कार्यालयको पहलमा करिब दुई किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर व्यवस्थित खानेपानी आयोजना सञ्चालन गरिएको थियो । गण्डकी प्रदेश सरकारको बजेट र स्थानीय सरकारको साझेदारीमा उक्त आयोजना निर्माण गर्न सम्भव भएको होे । गाउँका करिब ३० घरधुरीमा धारा निर्माण भएपछि स्थानीयको दैनिकी नै फेरिएको छ । एक धारामा निर्भर रहँदै आएका गाउँले अहिले आफ्नै घरबाट सहज रूपमा खानेपानी प्रयोग गर्न पाएका छन् ।

स्थानीय प्रेम कार्कीले खानेपानीको समस्या समाधान भएपछि गाउँमा आएको परिवर्तनबारे उहाँले भन्नुभयोे, “हामीले वर्षौँदेखि खानेपानीको समस्यामा जीवन बितायौँ । एउटा सामुदायिक धाराको पानीले गाउँमा निकै समस्या रहेको थियो, गत वर्ष हामी आफैंको पहल र गाउँपालिकाको सहयोगमा आयोजना सम्पन्न भयो । अहिले प्रत्येक घरमा धारा पुगेको छ ।’’ उहाँका अनुसार हिउँदको समयमा पानीको अभाव झन् चर्को हुने गरेको थियो । “पहिले हिउँद लागेपछि पानीको निकै समस्या हुन्थ्यो। अहिले त्यो समस्या धेरै हदसम्म समाधान भएको छ । गाउँमा सबैको घरघरमा पानी पुगेको छ,” उहाँले भन्नुभयो । यद्यपि केही स्थानमा मुहानको पर्याप्त व्यवस्थापन आवश्यक रहेको भन्दै थप पहल हुनुपर्ने उहाँको सुझाव छ ।
त्यस्तै वडा नम्बर २ कै खौरेटका सूरज कार्कीको परिवार पनि वर्षौँदेखि खानेपानी अभावको पीडा भोग्दै आउनुभएको थियो । पानीको जोहो गर्न दैनिक संघर्ष गर्नुपर्ने अवस्था रहेकोमा अहिले भने परिस्थिति फेरिएको छ ।
गण्डकी प्रदेश सरकार, गाउँपालिका र वडा कार्यालयको समन्वय तथा लगानीमा सञ्चालन गरिएको खानेपानी आयोजनाबाट एक वर्षअघि उहाँको घरआँगनमै धारा निर्माण गरिएको थियो। त्यसयता कार्की परिवारसहित गाउँका करिब ५० घरधुरी नियमित रूपमा खानेपानी सेवा उपभोग गरिरहेका छन् । घरमै धारा पुगेपछि दैनिक जीवन सहज भएको स्थानीय बताउँछन् । पानीका लागि टाढासम्म धाउनुपर्ने बाध्यता हटेको छ भने सरसफाई र स्वास्थ्यमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ । विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी राहत पुगेको स्थानीय बेगका दल फगामीले बताउनुभयो ।

दुर्गम भूगोलका बीच खानेपानी जस्तो आधारभूत आवश्यकता पूरा गर्न सफल भएका यी बस्ती अहिले विकासको नयाँ अनुभूति गरिरहेका छन् । वर्षौँसम्म पानीको अभाव झेलेका गाउँलेका लागि घरघरमा बनेका धारामा पानी केवल सुविधा मात्र नभई जीवनस्तर परिवर्तनको आधार बनेको छ । रघुगंगा गाउँपालिकाले खानेपानी तथा सरसफाई क्षेत्रमा प्राथमिकता दिएर सञ्चालन गरेका यस्ता योजनाले ग्रामीण बस्तीमा विकासको अनुभूति दिलाउनुका साथै स्थानीय सरकारप्रतिको नागरिक विश्वाससमेत बढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी निर्वाचन भएर आएयता पालिकामा दर्जनौँ खानेपानीका आयोजनाहरु सम्पन्न भएको उहाँको भनाई छ । जसमा वडा नं. बेगमा लिला गाउँ खानेपानी योजना भगवतीमा धारापानीदेखि साझपानी बस्ती खानेपानी योजना, घट्टदेखि देर्पुन, थापाटोल, पचासटोल हटिया खानेपानी योजना, खड्कमारे रातमाटा खानेपानी योजना, खेतीढाँड खानेपानी योजना, भङ्याङ खोला वाखेत, सिजलगाउँ गाउँ योजना, घट्ट नाङनाङ्खे, ओखरबोट र साझपानी खानेपानी योजना सम्पन्न भएर नागरिकले शुद्ध खानेपानी पाएका छन् । त्यस्तै गरी साझपानी खानेपानी योजना, ठोड्नेरी माछखर्क, बनाखी चौरदेखि रिसिनचौतारी, अधेरीखोलादेखि ओख्ले, मुलपानीदेखि झाङ्ग्रे खरिपानी, गोरमाला खानेपानी पात्लेखत अक्षता गोरमाला खानेपानी योजनाले समेत नागरिकको आंगनमा खानेपानी पुराएको छ ।

साथै हुमेनटोल, फुलबारी, छायापानी,जाक्रेपानी ओख्ले, जुगेपानी मौवाफाँट अधेरीखोला खानेपानी योजना मार्फत खानेपानी पुगेको अध्यक्ष भण्डारीको भनाई रहेको छ । अध्यक्ष भण्डारीका अनुसार चुनेपानी बुक्ल, गाजर खानेपानी योजना मार्फत दग्नामको कान्छी गाउँलाई खानेपानीको पहुँचमा पुराईएको छ । दग्नाममा अन्य कुम्बाखोला दग्नाम खानेपानी, जावाखोला दर्मिजा खानेपानी योजना मार्फत वडा नंं ४ लाई खानेपानी वितरण गरिएको छ । वडा नं ५ झिँमा झ्याम्टीखोला झिँ खानेपानी योजना, फुलडाडा खानेपानी योजना, पर्यटकीय स्थल टोड्के र भिरकुनामा खानेपानीको विस्तार गरिएको छ ।

वडा नं. ६ मा पाखापानीमा बृहत घोप्टेखोला खानेपानी योजना संचालनमा रहेको छ । अन्य गाउँमा वडा मार्फत खानेपानी योजना संचालन गरिएको छ । त्यसैगरी वडा नं. ७ चिमखोलामा तिप्ली खानेपानी, खालीखोला बृहत खानेपानी र बृहत चिमखोला राखु भगवती पिप्ले खानेपानी योजना संघिय सरकार र स्थानीय सरकार संगको समन्वयमा संचालन भैरहेको छ । त्यस्तै मलाङखोला खानेपानी, गौडामुनी खानेपानी, नाममेला खानेपानी योजना सम्पन्न भएर चिमखोला गाउँमा खानेपानीको विस्तार गरिएको छ । त्यसैगरी वडा नंं ८ कुईनेमंगलेमा मंगले गाउँखानेपानी योजना, पात्लेखर्क, कुईनेबस्ती र पहेरीनी श्रीखर्क खानेपानी योजना सम्पन्न भएका छन् । यसले दुर्गम बस्तीका नागरिकलाई खानेपानीको पहुँच पराईएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

साथै पालिकामा बढी कृषिजन्य (अन्न) उत्पादन हुने क्षेत्रमा सिंचाईका योजनाहरु समेत सम्पन्न गरिएको छ । हामीले प्रदेश सरकार, संघ सरकार संग बजेट माग गरेर पनि नागरिकलाई खानेपानी र सिंचाईको सुविधा पुराउने प्रयासमा छौँ । अध्यक्ष भण्डारीले भन्नुभयो । भौगोलिक हिसावले हाम्रो पालिकाको सबै बस्ती र घर अझै पनि खानेपानी पुराउन सकेका छैनौँ त्यस्ता गाउँमा पनि आगामी दिनमा हामीले खानेपानी पुराउने गरी योजना बनाएका छौँ ।

तथ्याङ्कमा खानेपानीको अबस्था

खानेपानी र सरसफाईमा ध्यान दिन थालेको पालिकाको तथ्याङ्कलाई हेर्ने हो भने करिब ६० प्रतिशत भन्दा बढी घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । कुल १४ हजार ११४ जनसंख्या रहेको पालिकामा १२ हजार २२२ जना जनसंख्याको पुहँचमा पुगेको देखिन्छ । गाउँपालिका खानेपानी तथा सरसफाई सम्बन्धि कार्यक्रम हेर्ने प्राविधिक शाखा प्रमुख कमल चोखालका अनुसार हाल पालिकाको ८ वटा वडाहरुमा एक सय एक वडा खानेपानीका मुल (योजनाहरुबाट) खानेपानीको विस्तार भएको छ । उहाँका अनसुरा ४७ वटा योजनाहरुको मर्मत गर्नुपर्ने गर्नुपर्नेछन् । त्यसमा पनि २५ वटा तत्कालका लागि स्तरउन्नती गर्नुपर्ने अबस्थामा छन् । त्यसका लागि आगामी आर्थिक बर्षका लागि बजेट आवश्यक रहेको त्यसका लागि पहल भएको उहाँको भनाई थियो ।

उक्त शाखाका अनुसार चालु आर्थिक बर्षमा पालिकामा ६ वटा योजनाहरु संचालनमा रहेको छन् । जसमा वडा नं. २ मा ३ वटा, ३ पिप्लेमा १ वटा, वडा नं. ६ मा १ वटा, वडा नं. ८ कुईनेमा १ वटा योजनाहरु संचालनमा रहेका छन् । पालिकाको वडा नं. १ मा १० वटा, २ भगवतीमा १९ वटा, वडा नंं ४ दग्नाममा ७ वटा, वडा नं. ५ झिँमा १६ वटा, वडा नंं ६ पाखापानीमा १४ वटा र वडा नं. ८ कुईनेमंगलेमा सात वटा मुलबाट नागरिकलाई खोनेपानीको सुविधि विस्तार गरिएको छ । पालिकामा हाल सम्म खानेपानीको मुख्य समयस्या भनेको मुल दर्तामा रहेको हो । “अहिले पालिकामा सबै गाउँमा पानीको मुल छैन, एक गाउँबाट अर्को गाउँमा लैजानुपर्ने अबस्था छ, एक गाउँलाई अर्को गाउँले मुल दर्ता गर्न दिनुहुन्न, अझै पनि गाउँमा पानीको मुल दर्ता गर्नुपर्छ भन्ने सोचको विकास गर्न सकेको छैनौँ । त्यो अहिलेको मुख्य चुनौती बनेको छ ।” पालिकाम कतीपय योजना सम्पन्न भएका छन् तर मुल दर्ता नहुदा खानेपानी धारा भनेपनि खानी आउन सकेको छैन ।

सरसफाईमा स्थानीयको पनि साथ

रघुगंगा गाउँपालिका धेरै मगर समुदायको बसोबास रहेको पालिका भएकाले पनि गुचुमुचुक्क भएर बसेको बस्तीहरु धेरै रहेका छन् । बस्तीहरुमा स्थानीय मिलेर झारा लगाएर पनि बेला बेला सरसफाई गर्ने गरेका छन् । यसले पालिकाले संचालन गरेको सरसफाई योजनामा साथ मिलेको छ । पालिकाको केन्द्र रहेको वडा नंं ३ मौवाफाँटमा पछिल्लो समय बजारीकरण रुपमा बढ्दै गएको छ । यसले पनि पालिकामा फोहोर व्यवस्थापन चुनौती देखिएको छ । यस्ता फोहोर व्यवस्थापन गर्न पालिकाले समुदाय संगको साझेदारीमा सरसफाई अभियानलाई अघि सारेको छ । पालिकाको केन्द्रमा बढ्दै गएको फोहोरलाई तत्कालका लागि व्यवस्थापन गर्न स्थानीय युवाहरुको समुह HRYT संगको समन्वयमा ३५ वटा फोहोर संकलन गर्ने डस्फिन वितरण गरेको छ ।

गाउँमा फोहोर बढ्दै गएपछि चोकचोकमा फोहोरहरु देखिन थालेपछि हामी युवाहरुले पालिका संग समन्वय गरेर डस्फिन राख्ने योजना सुनाएपछि पालिकाबाट ५० हजार बराबरको सहयोग पायौँ समुहका संयोजक सफल खत्रीले भन्नुभयो । ‘‘त्यसमा हामी युवाहरुले पनि ५ हजार रुपैयाँ उठाएर त्यसमा केही कुराहरु लेखेर राखेका छौँ ।, अहिले हामीले तत्कालका लागि डस्फिनमा नै फोहोर जलाउने गरेका छौँ ।’’ तर त्यसको दिर्घकालीन हुदैन, डप्पिङ साईडको व्यवस्थापन गर्नुपर्ने छ । यो मात्र नभएर पालिकाले फोहोर व्यवस्थापनका लागि गत बर्ष वडा नंं ४ मा १ लाखको फोहोर व्यवस्थापनका लागि डस्फिन राखिएकोमा त्यसको प्रभावकारिता देखिएपछि पालिकाल यो चालु आर्थिक बर्षमा पनि ३ लाखको बजेटमा ५ वटा फोहोर संकलन गर्नका लागि खाडल निर्माण गरिएको खानेपानी तथा सरसफाई प्राविधिक धनराज देवकोटाले बताउनुभयो । उहाँका अनुुसार पालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसकक्ने भएकाले स्थानीयको पनि उत्तिकै महत्व रहेको बताउनुभयो ।

पहिले गाउँमा हुने फोहोर फाल्नका लागि निकै समस्या भएको थियो अहिले कुईने फोहोरलाई पनि खाडलमा हालेर मल बनाउने गरिएको वडा नं. ४ का अध्यक्ष पविन गबुर्जाले बताउनुभयो । उहाँका अनुसार गाउँमा हुने नकुहिने फोहोरलाई पनि खाडलमा हालेर जलाउने गरेपछि गाउँ नै सुन्दर देखिन थालेको छ । यसले गर्दा जनताको पनि व्यवहारमा परिर्वतन ल्याउन थालेको अध्यक्ष गबुर्जाको भनाई छ । उहाँका अनुसार गाउँका नागरिकलाई पनि कुहिने, नकुहिने फोहोर छुट्टाछुट्टै राख्ने बानिको विकास गर्न आवश्यक छ ।

चालु आर्थिक बर्षमा नै हरेक वडा कार्यालयहरुलाई पनि फोहोरमैला मुक्त बनाई सुन्दर बनाउन हरेक वडामा डस्फिन खरिद गर्नका लागि बजेट वितरण गरिएको पालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा वडाहरुमा डस्फिन खरिद गर्नका लागि ७६ हजार बजेट विनियोजन गरिएकोमा ८ वटा वडालाई दामसायी रुपमा जिम्मा दिईएको छ ।

सुरक्षाका लागि मुख्य गाउँमा सडक बत्ती जडान

पालिकाले गाउँघरमा हुने चोरी, मादकपदार्थ सेवन गरेर राती होहल्ला गर्ने प्रविधि बढेपछि मुख्य गाउँहरुमा सडक बत्ती जडान गर्ने योजनालाई अघि सारेको छ । यसले अहिले सडक बत्ती जडान भएका स्थानहरुमा त्यस्ता नकारात्मक कुराहरु नभएका छैनन् । पहिलो चरणमा पालिकाको केन्द्र रहेको मौवाफाटमा ३५ वटा पोलहरुमा सडक बत्ती जडान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मौवाफाँटमा प्रभावकारी देखिएपछि वडा नं. ७ मा पनी सडक बत्ती जडान गरिएको छ । गाउँमा सडक बत्ति जडान गरेपछि साँझको समयमा हिडडुल गर्न, होहल्ला गर्न कम भएको स्थानीयको भनाई छ ।
पालिकाबाट नै खरिद गरेर १०२ वटा सडक वत्ति जडान गरेका छौँ यसले निकै राम्रो काम गरेको छ वडा थक बहादुर पाईजाले भन्नुभयो । “साँझपख जाडरक्सी खाएर कराउदै हिडडुल गर्ने, चोरी गर्ने, जथाभावि हिडडुल गर्ने गतिविधि निकै भएको छ ।” पाईजाले भन्नुभयो यसको प्रभाव निकै राम्रो भएको छ ।

पाईजाका अनुसार गाउँको मण्डली युवा क्लबको पहलमा अन्य क्षेत्रमा पनि सडक बत्ती जडान गर्ने काम भैरहेको छ । युवा क्लबले हाईड्रो पावरहरु संगको समन्वयमा पनि गाउँको अन्य ठाउँमा पनि सडक बत्ती जडान गरिदै छ त्यसका लागि पोल गाड्ने काम भैरहेको छ ।पालिकाले मौवाफाँटमा दुई चरण गरेर ५० हजार र चिमखोलामा ३ लाख बजेटको सडक बत्ती जडान गरेको जनाएको छ । यस्ता कार्य पालिका भित्र रहेका अन्य बस्तीहरुमा पनि स्थानीय युवा क्लब आमा समुह लगायत संघ संस्थाहरुको समन्वय र सहकार्यमा गनुपर्ने आवश्यक रहेको छ ।

सुझावहरू

१, खानेपानीका मुहान संरक्षण र दर्ता अभियान सञ्चालन गर्नुपर्ने देखियो । खानेपानी विस्तारको मुख्य चुनौती मुहान दर्ता र संरक्षण रहेको देखिएकाले सबै वडामा जनचेतनामूलक अभियान सञ्चालन गरी मुहान दर्ता तथा संरक्षणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ यसमा केही ज्ञानको कमीले पनि हुन सक्छ ।
२. मर्मत तथा स्तरोन्नति आवश्यक रहेका योजनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने र सकेसम्म एक बर्ष भित्रमा त्यस्ता योजनाहरु सम्पन्न गरी नागरिकलाई स्वच्छ खानेपानी खुवाउने व्यवस्था गर्नुपर्ने देखिन्छ । सबै घरधुरीमा सुरक्षित खानेपानी पहुँच पु¥याउने लक्ष्य निर्धारण गर्नुपर्छ ।
३. पानीको गुणस्तर परीक्षणलाई नियमित बनाउनु आवश्यक छ । घरघरमा धारा पुगे पनि पानीको गुणस्तर सुरक्षित छ कि छैन भन्ने सुनिश्चित गर्न नियमित पानी परीक्षण र अनुगमन व्यवस्था गर्नुपर्ने देखिन्छ । सुरक्षित खानेपानी र सरसफाई सार्वजनिक स्वास्थ्यका आधारभूत पक्ष भएकाले त्यसमा पनि पालिकाले आवश्यक सहजिकरण गर्नुपर्ने देखिन्छ ।
४. फोहोर व्यवस्थापनका लागि स्थायी डम्पिङ साइट निर्माण गर्नुपर्ने देखिन्छ । हाल केही वडाहरुमा डस्फिन साईडको विकल्पमा खाडलको प्रयोग भइरहेको भए पनि दीर्घकालीन समाधानका लागि वैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माण देखिएको छ ।
५. कुहिने र नकुहिने फोहोर छुट्याउने अभियान सञ्चालन गर्नुपर्छ । घरघरमा फोहोर वर्गीकरण गर्ने बानीको विकास गर्न विद्यालय, आमा समूह, युवा क्लब र टोल विकास संस्थामार्फत जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
६. स्थानीय युवासँग साझेदारी बढाउनुपर्ने देखिन्छ । मौवाफाँटमा युवाको सक्रियताले राम्रो परिणाम दिएको देखिएकाले अन्य वडामा पनि युवा क्लब तथा सामुदायिक संस्थासँग सहकार्य गरी सरसफाई अभियान विस्तार गर्नुपर्छ ।
७, सडक बत्ती कार्यक्रमलाई अन्य वडामा विस्तार गर्नुपर्ने देखिन्छ अन्य वडाहरुमा पनि नकारात्मक गतिविधि हुने भएकाले त्यसमा निगरानी राख्नका लागि पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्छ ।
८. खानेपानी, सरसफाई र सडक बत्तीको एकीकृत योजना बनाउनुपर्छ । यी तीनवटै क्षेत्र नागरिकको जीवनस्तरसँग प्रत्यक्ष जोडिएकाले वडागत आवश्यकताको आधारमा एकीकृत पूर्वाधार योजना तयार गर्नुपर्छ ।
९. ‘स्वच्छ रघुगंगा, स्वस्थ रघुगंगा’ अभियान सञ्चालन गर्नुपर्छ । खानेपानी, सरसफाई, वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्यलाई जोडेर गाउँपालिकास्तरीय दीर्घकालीन अभियान सञ्चालन गर्दा विकासका उपलब्धि अझ प्रभावकारी बन्न सक्छन् ।

(नोट : यो रघुगंगाको फलोसिप लेखन अन्तरर्गत तयार पारिएको हो ।)

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP