बेनी–जोमसोम सडकखण्ड अन्तरगत बैसरीमा गएको पहिरोबाट खसेको ढुङ्गा लागेर एक जना सवारी चालक घाईते भएका छन् ।
रघुगंगा गाउँपालिका– २ बैसरीमा गुडिरहेको बोलेरो जीपमा खसेको ढुङ्गा लाग्दा जीप चालक अन्नपूर्ण गाउँपालिका– ७ महभिरका ४० बर्षिय लोक्चन गर्वुजा घाईते भएका छन् ।
बेनीबाट अन्नपूर्ण गाउँपालिका – ७ महभीर जादै गरेको ग १ ज ६८२० नम्वर बोलेरो जीपमा पहिरोबाट खसेको ढुङ्गा लागेको थियो । घाईतेलाई अन्य सवारीचालकले उद्वार गरी उपचारका लागि बेनी अस्पताल ल्याईएको थियो ।
गर्वुजाको बेनी अस्पतालमा उपचार भईरहेको छ। बर्षातपछि निरन्तर खसेको पहिरोले चारदिनदेखि बन्द भएको यो सडक बुधबार आंशिक रुपमा खुलेको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...