२०८३ बैशाख १९
May 2, 2026, Saturday

घोडेपानी र घान्द्रुक जोड्ने सडक पिच गर्छौ – मन्त्री जुुग्जाली

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले पर्यटकीय स्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुु भएको छ ।

Advertisement

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६ घोडेपानीका बासिन्दाहरुसँग बिहिबार भएको भेटघाटका क्रममा प्रदेश सरकारले पर्यटकीय बस्ती जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको जानकारी दिनुुभएको हो ।

Advertisement

“कास्कीको पर्यटकीय स्थल घान्द्रुुक जोड्ने सडक स्तरोन्नति गर्न चालुु आर्थिक वर्षमा बहुुबर्षीय ठेक्का लाग्ने गरि रु. चार करोड बजेट ब्यवस्थापन भएको छ,” उहाँले भन्नुुभयो “पोखरेबगर देखि चित्रे जोड्ने सडक संघीय सरकारबाट स्तरोन्नतिको क्रममा छ । चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु. तीस लाख बिनियोजन भएको छ । आगामी वर्ष बहुुबर्षीय ठेक्का लगाउने गरि बजेट ब्यवस्थापन गर्छौ ।”

पुुरानो पदमार्गलाई बचाउदै सडक स्तरोन्नति गरि पर्यटकीय स्थलको यात्रालाई सुरक्षित र सहज बनाउने प्रदेश सरकारको प्राथमिकता रहेको मन्त्री जुुग्जालीले घोडेपानीसम्म सडक कालोपत्र गर्ने घोषणा गर्नुुभयो । सहरी विकास मन्त्रालय मार्फत सञ्चालित पोखरेबगर–चित्रे सडक आयोजनालाई पूूर्णता दिन र हलेखर्क खण्डमा पहिरोका कारण जोखिमयुुक्त बनेको सडकलाई मर्मत गर्न सम्बद्ध कार्यालय तथा मन्त्रालयमा समन्वय गर्ने मन्त्री जुुग्जालीले बताउनुुभयो ।

घोडेपानीका बासिन्दा भिम गर्बुजाले घोडेपानी हुदै कास्कीको उल्लेरी जोड्ने सडकको मार्ग जोेड्न सकेमा पोखरा–जोमसोम सडकको कास्की नयाँपुल देखि म्याग्दी पोखरेबगर खण्डको वैकल्पिक र छोटो सडक हुुने बताउनुुभयो ।

घोडेपानी आमा समूहका पदाधीकारीहरुले संग्रहालयको भवन निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गर्नुुभयो । मन्त्री जुुग्जालीले म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिका जोड्ने सडक निर्माणका लागि चालु आर्थिक वर्षमै बजेट ब्यवस्थापन भएको र आमा समूहको संग्रहालय भवनका लागि सम्बद्ध मन्त्रालयसँग समन्वय गर्ने प्रतिवद्धता जनाउनुुभयो ।

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–८ नागीका बासिन्दा र जनप्रतिनिधिहरुको अनुुरोधमा पूर्वाधार विकास कार्यालय पर्वत मार्फत फलामेडाडा देखि नागी जोड्ने सडक मर्मत गरेर यसपालीको जनैपूर्णिमा पर्वमा नागीबाराही तालमा जनैपूर्णिमा मेलामा आउने भक्तजनलाई सहज रुपमा आवत जावत गर्ने व्यवस्था मिलाएको मन्त्री जुुग्जालीले जानकारी गराउनुुभयो ।

यसअघिको सरकारमा दुुई महिना प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुुभएका जुुग्जालीले सो मन्त्रालय मार्फत घोडेपानीमा गुरासँ पार्क बनाउन रु. बीस लाख बजेट भएको र सो को कार्यान्वयन गरेकोमा स्थानीयबासीहरुलाई धन्यवाद दिनुुभयो ।

म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सांसद हरिबहादुर भण्डारीले यसअघिका बर्षको तुलनामा यसपाली प्रदेश सरकारबाट म्याग्दीमा बजेट बढी आएको र त्यसको कार्यान्वयन भएमा पूर्वाधारको क्षेत्रमा जनताले परिवर्तनको महशुुस गर्ने बताउनुुभयो ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ को स्वात फलाते सडक निर्माणका लागि गत वर्ष रु. ३५ लाख बिनियोजन गरेको उहाँले बताउनुुभयो । चालु आर्थिक वर्षमा पोखरेबगर पाउद्धार किन्दु स्वाँत सडकलाई रु. असी लाख, शिखमा आवासीय विद्यालयको पूर्वाधारका लागि रु. पचास लाख, तल्लो र उपल्लो गाउँको खानेपानीका लागि रु. दश÷दश लाख, खोपारामा पर्यटन पूर्वाधारका लागि रु. बीस लाख बिनियोजन भएको सांसद भण्डारीले बताउनुुभयो ।

लरेनी खानेपानीलाई रु. १० लाख र शिख माविको होस्टल व्यवस्थापन गर्न रु. आठ लाख बिनियोजन भएको बताउनुुभयो । मन्त्री जुुग्जाली र सांसद भण्डारीसँग शिखका आमा समूह र युुवा क्लवले बहुुउद्देश्यीय खेलमैदान र भवनका लागि बजेट ब्यवस्थापन गरिदिन आग्रह गर्नुुभएको थियो । मन्त्री जुुग्जाली र सांसद भण्डारीले बहुुउद्देश्यीय भवन र खेलमैदान निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुुभयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० भाद्र १५, शुक्रबार ०३:५४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० भाद्र १५, शुक्रबार ०३:५४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० भाद्र १५, शुक्रबार ०३:५४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP