Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

म्याग्दी जेसीजले टेलरिङ ब्यवसायीलाई सम्मान

म्याग्दी जेसीजको आतिथ्यतामा सदरमुकाम बेनीमा हालै सम्पन्न भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा तोरण धोजा पटक सिलाईमा सहयोग गरेको म्याग्दी टेलरीड व्यवसायी संघलाई म्याग्दी जेसीजले १ लाख सहयोग गरेको छ । म्याग्दी जेसीजको सभाहलमा आयोजित कार्यक्रममा सम्मेलनलाई टेलरीड व्यवसायी संघका २५ जना सदस्यहरुले झण्डै १ महिना लगाएर २२ हजार १ सय ९० मिटर तोरण सिलाएर सहयोग गरेकोमा संस्थालाई उक्त सहयोग हस्तान्तरण गरिएको म्याग्दी जेसीजले जनाएको छ।

Advertisement

जेसीज सम्मेलनलाई रचनात्मक सहयोग गर्ने उदेश्यले करिब १० लाखभन्दा बढीको तोरण सिलाएर सहयोग गरिएको टेलरीड व्यवसायी संघका अध्यक्ष गोपाल परियारले बताए । ’सीपबाट सम्मेलनलाई सक्ने सहयोग गरेका छौ,‘आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहन्छ’ परियारले भने । बेनीबजारमा पलाष्ट्रिको तोरण प्रयोगलाई निरुत्साहित गर्ने गरी म्याग्दी जेसीजले बजारभित्रका टोलसुधार समितिलाई नै कपडाको तोरण हस्तान्तरण गरेको सम्मेलन निर्देशक सुविन श्रेष्ठले बताए । उनले सबैको सहयोगमा २ लाख ६५ हजारको लागतमा १० लाख बराबरको तोरण तयार गरिएको र करिब १० बर्षसम्म प्रयोग गर्न मिल्ने बताए ।

Advertisement

तोरणका लागि कपडा संकलन गर्न कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दी,बाग्लुड, टेलरीड संघ,वविन टेलरीड पोखरा,सन्जु सेन्चुरी भैरवाहाले सहयोग गरेको र नपुग करिब १ लाख पैसठ्ठी हजारको जेसीजले खरीद गरी हस्तान्तरण गरेको थियो । विगतमा बेनीबजारमा हुने महोत्सव र अन्य चाडपर्वमा करिब ३ लाखभन्दा बढीको तोरणमा खर्च हुने गरेको थियो । म्याग्दी जेसीजले टोलसुधार समितिलाई आगामी दिनमा पलाष्टिकको तोरण प्रयोग नगर्ने गरी हस्तान्तरण गरेको छ ।

बेनी नगरपालिका वडा नं ७ र ८ का वडा अध्यक्षद्धय रमेशकुमार श्रेष्ठ र उत्तमकुमार कर्माचार्यले टोल सुधार समितिलाई सुरक्षित राख्ने र आवश्यकता अनुसार बेला–बेलामा प्रयोग गर्ने बताएका छन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP