Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन

धनिलाल गर्बुजा

Advertisement

म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको छ । असोज १५ गतेदेखि सुरु हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि ऋषि काफ्लेको उपस्थितिमा इतर समूहले हिराबहादुर पुन मगरको संयोजकत्वमा जिल्ला तयारी समिति गठन गरेको हो ।

Advertisement

समितिको सदस्यमा मुकुन छन्त्याल, लोकबहादुर मल्ल, ओमकुमारी फगामी मगर, बुद्धिमाया सेर्पुजा पाइजा मगर र मीनाक्षी विक रहनुभएको छ । आवश्यकता अनुसार समितिलाई विस्तार गरिने जनाइएको छ ।

 

संयोजक पुन यसअघि नेपाली कांग्रेस म्याग्दीको जिल्ला सचिव हुनुहुन्थ्यो । सदस्य छन्त्याल नेपाल तरुण दलका केन्द्रीय सदस्य, फगामी महासमिति सदस्य तथा मल्ल पूर्व जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख हुनुहुन्छ ।

इतर समूहले आयोजना गरेको भेलामा कांग्रेस म्याग्दीका पूर्व सहसभापति नेत्रबहादुर महत, पूर्वसांसद तथा कांग्रेस नेता नरबहादुर पुन र कांग्रेस इतर समूह पर्वतका संयोजक रामकृष्ण मल्ललगायतको सहभागिता थियो ।

समितिले जिल्लाका सबै वडा र पालिकामा समेत तयारी समिति गठन गरी महाधिवेशनको तयारीलाई अघि बढाउने जनाएको छ । अहिले प्रारम्भिक रूपमा सानो आकारको समिति गठन गरिएको र आवश्यकता तथा कार्यक्षेत्रका आधारमा थप सदस्य समावेश गरिने बताइएको छ ।

संयोजक पुनले इतर समूहले नेपाली कांग्रेसको साझा पक्ष, वैचारिक चरित्र र कार्यकर्ताको निष्ठाका लागि पार्टीको विधान, वैधानिकता र एकताको पक्षमा दृढतापूर्वक आवाज उठाउने बताउनुभयो । उहाँले पार्टीलाई विभाजनतर्फ लैजानुभन्दा संवाद र सहमतिका माध्यमबाट विवाद समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसको महाधिवेशनसँग सम्बन्धित दुवै पक्षका मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला म्याग्दीमा जिल्ला सचिवसहित प्रभावशाली नेताहरू इतर समूहमा खुलेपछि जिल्लाको पार्टी राजनीतिमा नयाँ तरङ्ग देखिएको छ ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!