Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ४
September 20, 2026, Sunday

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन

धनिलाल गर्बुजा

Advertisement

म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको छ । असोज १५ गतेदेखि सुरु हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि ऋषि काफ्लेको उपस्थितिमा इतर समूहले हिराबहादुर पुन मगरको संयोजकत्वमा जिल्ला तयारी समिति गठन गरेको हो ।

Advertisement

समितिको सदस्यमा मुकुन छन्त्याल, लोकबहादुर मल्ल, ओमकुमारी फगामी मगर, बुद्धिमाया सेर्पुजा पाइजा मगर र मीनाक्षी विक रहनुभएको छ । आवश्यकता अनुसार समितिलाई विस्तार गरिने जनाइएको छ ।

 

संयोजक पुन यसअघि नेपाली कांग्रेस म्याग्दीको जिल्ला सचिव हुनुहुन्थ्यो । सदस्य छन्त्याल नेपाल तरुण दलका केन्द्रीय सदस्य, फगामी महासमिति सदस्य तथा मल्ल पूर्व जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख हुनुहुन्छ ।

इतर समूहले आयोजना गरेको भेलामा कांग्रेस म्याग्दीका पूर्व सहसभापति नेत्रबहादुर महत, पूर्वसांसद तथा कांग्रेस नेता नरबहादुर पुन र कांग्रेस इतर समूह पर्वतका संयोजक रामकृष्ण मल्ललगायतको सहभागिता थियो ।

समितिले जिल्लाका सबै वडा र पालिकामा समेत तयारी समिति गठन गरी महाधिवेशनको तयारीलाई अघि बढाउने जनाएको छ । अहिले प्रारम्भिक रूपमा सानो आकारको समिति गठन गरिएको र आवश्यकता तथा कार्यक्षेत्रका आधारमा थप सदस्य समावेश गरिने बताइएको छ ।

संयोजक पुनले इतर समूहले नेपाली कांग्रेसको साझा पक्ष, वैचारिक चरित्र र कार्यकर्ताको निष्ठाका लागि पार्टीको विधान, वैधानिकता र एकताको पक्षमा दृढतापूर्वक आवाज उठाउने बताउनुभयो । उहाँले पार्टीलाई विभाजनतर्फ लैजानुभन्दा संवाद र सहमतिका माध्यमबाट विवाद समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसको महाधिवेशनसँग सम्बन्धित दुवै पक्षका मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला म्याग्दीमा जिल्ला सचिवसहित प्रभावशाली नेताहरू इतर समूहमा खुलेपछि जिल्लाको पार्टी राजनीतिमा नयाँ तरङ्ग देखिएको छ ।

Related News

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

बाढीपहिरोको असर मुक्तिनाथको तीर्थयात्रामा
बाढीपहिरोको असर मुक्तिनाथको तीर्थयात्रामा
  • २०८३ आश्विन २, शुक्रबार ०४:५८

विनाशकारी भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीको असर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थयात्रुको आगमनमा...

TOP