म्याग्दी ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ ।
असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको पूर्वसन्ध्यामा सुरु भएको वडा अधिवेशन म्याग्दीमा पनि उत्साहजनक रूपमा अघि बढेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार, आज पहिलो दिन जिल्लामा भएका ४५ वटा वडाहरु मध्ये १६ वटा वडामा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्नपूर्ण गाउँपालिकामा ४, रघुगंगा गाउँपालिका २, बेनी नगरपालिकामा २, मंगलामा १, मालिकामा ४ र धवलागिरी गाउँपालिकामा ३ वटा वडामा नयाँ नेतृत्व चयन भएको हो । मालिका गाउँपालिका वडा नं. १ निस्कोटमा द बहादुर पुन, वडा नंं ६ दरबाङमा श्रीदत्त गौतम (गोपाल), वडा ३ मा कुलमान पटेल र वडा नं. २ रुममा तारा रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

अन्नपूर्ण गाउँपालिकामा वडा नं. ४ नारच्याङमा चन्द्रबहादुर फगामी, वडा नं. ३ दानामा ले. बेलबहादुर पुन वडा नं. ६ घारमा नारायण बरुवा र वडा नं. ७ मा नयाँ नेतृत्व संगै क्षेत्रीय प्रतिनिधि छनौट गरिएको सचिव राकालले जानकारी दिनुभयो । त्यस्तै रघुगंगा गाउँपालिका वडा २ भगवतीमा कृष्ण बहादुर शाही र वडा नं. २ पिप्लेमा नेत्र बहादुर कार्की (हिमाल) चयन हुनुभएको छ ।

त्यस्तैगरी धवलागिरी गाउँपालिका वडा नं. ६ मराङमा जग बहादुर गर्बुजा, वडा नं. ३ मुनामा शेर बहादुर मल्ल र वडा नं. ७ ताकममा थम बहादुर पुनको अध्यक्षतामा नयाँ वडा कार्य समिति चयन भएको छ । मंगला गाउँपालिका ५ अर्मनमा तारा बहादुर क्षेत्री र बेनी नगरपालिकाको वडा नं. ५ मा याम बहादुर बानियाँ र वडा नंं ९ मा पुण्यबहादुर चोखालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
आज सम्पन्न अधिवेशनबाट सम्बन्धित वडाहरूमा नयाँ वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् । बाँकी रहेका वडाहरुमा भोली अर्थात ४ गते सम्पन्न गरिने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।




