Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ६
September 22, 2026, Tuesday

घतान कोत भगवती मन्दिरको अधिवेशन, अध्यक्षमा शाही

म्याग्दीको बेनी नगरपालिका वडा नं. ९ घतानमा रहेको घतान कोत मन्दिर व्यवस्थापन समितीको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रामबहादुर शाहीको अध्यक्षतामा नौ सदस्यी समिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा लोकबहादुर खत्री, कोषाध्यक्षमा दिप बहादुर मल्ल चयन हुनुभएको छ । समितिको सदस्यहरुमा क्रमश देवि दर्जी,गोर्खे दर्जी,भेष बहादुर सेन, मिनबहादुर चोखाल प्रकाश र क्षेत्र बहादुर चयन हुुनुभएको छ ।

Advertisement

अधिवेशनको उद्घाटन गर्दै वडा नं. ९ का वडा अध्यक्ष चक्रबहादुर केसीले वडाले धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्धनमा प्राथमिकता दिएको बताउनुभयो । उहाँले वडामा रहेको धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि वडाबाट हुने सक्ने सम्पूर्ण सहयोग हुने बताउनुभयो ।

Advertisement

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर चोखालले मन्दिरको प्रगति प्रतिवेदन एवं आम्दानी खर्च प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अहिले सम्म मन्दिरको २१ लख ३९ हजार ३६० रुपैयाँ आम्दानी र खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

मन्दिर पुन निर्माणका लागि प्रवासी घतानबासीबाट रु १४ लाख ३४ हजार ५३५। रुपैयाँ, स्थानीयबाट १ लाख १४ हजार ४४० रुपैयाँ र संघीय सरकारबाट ४ लाख ९० हजार,५७५ रुपैयाँ, घतानमा रहेको स्थानीय संघसंस्था बाट ७१ हजार ११० रुपैयाँ र पुरानो सामाग्री लिलिम बिक्रीबाट २५ हजार ६० र अन्य आम्दानी ३ हजार ६६० रुपैयाँ आम्दानी खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । साथमा मन्दिर पुनः निर्माणमा सहयोग गर्ने चन्दादातालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा चोखालको अध्यक्षता निबर्तमान वडा सदस्य भेष बहादुर सेनको स्वागत र सचिव राम बहादुर शाहीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष बेल बहादुर चोखाल वडा सदस्य गणेश शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP