२०८३ बैशाख २१
May 4, 2026, Monday

दशैंको मुखमा विपन्न २० परिवारलाई खाद्यान्न सहयोग

म्याग्दीको बेनी नगरपालिका–७, ले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका वडाभित्रका बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई खाद्यान्न तथा नगद वितरण गरेको छ । अति विपन्नलाई छनौट गरी २० घरपरिवालाई शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमका बिच प्रति घरपरिवार एक बोरा चामल, २ किलो दाल,२ किलो चिनी,३ लिटर तेल लगायत छान्सामा पाक्ने मरमसला र नगद १ हजार वितरण गरिएको छ।

Advertisement

चाडपर्वमा विपन्न र दैनिक छाक टार्न धौधौ भएकाहरुलाई खाद्यान्न साम्रागी उपलब्ध गराइएको वडा अध्यक्ष एवम् बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले बताए । ‘दशैंमा चुह्लो नबल्ने परिवारलाई सहयोग गरेका छौ,‘ दशैंमा भात नै खान मुस्किल हुने अवस्था रहने कति दुःखद छ‘ वडा अध्यक्ष श्रेष्ठले भने ।

Advertisement

दशैंमा चुह्लो नबल्ने थप परिवार भेटिएका समेत सहयोग गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । वडाले चाडपर्व बाहेक विपन्नलाई निशुल्क स्वास्थ्य विमा, अन्य समयमा समेत विभिन्न सहयोग गर्ने गदैं आइरहेको छ । ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड दशैं भएपनि आर्थिक अभावका कारण समस्या परेको बेलामा वडा कार्यालयले दिएको खाद्यान्न सहयोगलेराहत मिलेको ६१ बर्षिय सम्मरबहादुर किसानले बताए । उनले ज्यालामजदुरी गर्ने बेलासम्म घर खर्च चलाउन केही सहज भएपनि अहिले बिरामी भएपछि विहानबेलुकी हातमुख जोड्न समेत समस्या भएको बताए ।

दैनिक जीवन निर्वाह कष्टकर बन्दै गएको बेलामा दशैंको मुखमै खाद्यान्न पाएपछि विपन्न परिवारका सदस्यले वडा कार्यालयलाई धन्यवाद दिदैं खुसी ब्यक्त गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्य विश्वास श्रेष्ठ, रमेश फगामी र वडा सचिव यामबहादुर थापा मगरको उपस्थिती रहेको थियो । वडा कार्यालयमा रहेको कपडा बैंकमार्फत समेत आवश्यक लत्ता कपडा वितरण भइरहेको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० कार्तिक ४, शनिबार १२:२४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० कार्तिक ४, शनिबार १२:२४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० कार्तिक ४, शनिबार १२:२४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP