२०८३ असार ११
June 25, 2026, Thursday

विभिन्न माग गर्दै रघुगंगा गाउँपालिकामा एक युवा अनसनमा

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट कार्यालय अगाडी एक युवाले विभिन्न माग गर्दै अनसन बसेका छन् । पालिकाको वडा नं. ३ पिप्लेका रमेश गुरुङ अनसन बसेका हुन् ।

Advertisement

गाउँपालिकामा बन्ने ५ बेडको आधारभुत अस्पताल गाउँपालिका केन्द्र रहेको श्वास्थ्यचौकीमै निर्माण गर्न र वेरोजगारयुवालाई शिपमुलक तालिम दिनु पर्ने २ सुत्रिय माग गर्दै सोमबारदेखी अनसन सुरु गरेका छन् ।

Advertisement

स्थानीय तहमा ५–१५ बेडको आधारभुत अस्पताल वडा तिन पिप्ले स्वास्थ्य चौकीम गराउनुपर्ने, पिप्लेमा निर्माणाधिन राहुघाट जलविधुत आयोजनासँग समन्वयगरी सामाजिक उत्तरदायीत्व अर्न्तगत स्थानीय बेरोजगार युवालाई शिपमुलक तालिम प्रदानगरी रोजगारीको ब्यवस्था गर्नुपर्ने जस्ता माग राखेका छन् ।

अस्पताल जस्तो सम्बेदनशिल योजनामा जनप्रतिनिधिकोे राजनीतिक लाभ र दाउपेचमा रघुगंगाको अस्पताल योजना अन्यौल बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब तीन वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगंगा–१ बेगलाई छनोट गरेको थियो । २०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० बेड क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।

यस बिचमा बेग र पिप्लेबाट आ–आफ्नै क्षेत्रमा अस्पताल बढाउन विभिन्न दबाब र विरोध भएपछि २०७७ पुस १५ गते बसेको गाउँसभाले बेगका लागि तोकिएर आएको अस्पताल योजनालाई बेगमै बनाउने निर्णय गरेको थियो । २०७८ भदौ ९ गतेको कार्यपालिका बैठकले बेगको अस्पताल योजनालाई यथावत राखेर पिप्ले स्वस्थ्य चौकी स्तरोन्नती गरि पिप्लेमा समेत थप एक अस्पताल बनाउने निर्णय गरेको थियो । एउटै स्थानीय तहमा दुई अस्पतालको माग भएपछि मन्त्रालयबाट बजेट विनियोजनमा समेत अल्झन भएको जनाइएको छ ।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP