Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट पारित गरेको छ । मंगलबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २३ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको सो बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

Advertisement


उपाध्यक्ष क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेटका श्रोतहरुमा संघीय सरकारबाट सशर्त अनुदान चालुतर्फ २० करोड ७१ लाख, संघीय समानिकरण अनुदान ७ करोड ९४ लाख, संघीय विशेष अनुदान पुँजीगततर्फ १ करोड १० लाख, विशेष अनुदान चालुतर्फ ५८ लाख र समपुरक अनुदान पूँजीगततर्फ १ करोड ९५ लाख रुपैयाँ अनुमान गरिएको छ । त्यस्तै गण्डकी प्रदेश सरकार प्रदेश विशेष अनुदान ४० लाख, प्रदेश समपुरक अनुदान पूँजीगततर्फ ६० लाख र समानिकरण तर्फ ९६ लाख ५० हजार आय अनुमान गरिएको छ ।

Advertisement

यसैगरि नेपाल सरकार राजस्व बाँडफाँडबापत ७ करोड ८२ लाख, प्रदेश सरकार राजस्व बाँडफाँडबापत ९१ लाख ८७ हजार र गाउँपालिकाको आन्तरिक आम्दानी २ करोड ७८ लाख ९वैक मौज्दात सहित० अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चालुखर्चतर्फ ३३ करोड ५३ लाख २८ हजार ७ सय ५९ रुपैयाँ र पूँजीगत खर्चतर्फ १२ करोड ९६ लाख ९० हजार रकम विनियोजन गरेको उपाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

बजेटले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, कार्यालय संचालन तथा प्रशासनिक, सुशासन तथा अन्तर सम्वन्धीत लगायतका क्षेत्रमा प्राथमिकताका साथ सम्वोधन गरिएको छ ।

यसअघि गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पनि गाउँसभाले सर्वसम्मत रुपमा पारित गरेको छ । ‘समृद्ध मंगला गाउँपालिका सुखी मंगला बासी जनता’ को लक्ष्य हासिल गर्न दिगो एवम् टिकाउपूर्ण पूर्वाधार निर्माण, गुणस्तरीय विद्यालय शिक्षा, पहुँचयोग्य आधारभूत स्वास्थ्य सेवा प्रवर्धन, कृषि, उद्योग र पर्यटन क्षेत्रको प्रवर्धन, रोजगारी प्रवर्धन, विपन्न तथा लक्षित वर्गको उत्थान पर्यावरण संरक्षण र विपद व्यवस्थापनलाई नीति तथा कार्यक्रमको प्राथमिकताका क्षेत्रको रुपमा लिईएको छ ।

गाउँपालिकाले खाद्य सुरक्षाका लागि व्यवस्थित दिगो सिचाई, गाउँपालिकाबासीका लागि सुरक्षित, स्वच्छ र सुलभ खानेपानी तथा पूर्ण सरसफाईको प्रत्याभुति, उत्पादनशिल दिगो तथा व्यावसायीक कृषि, गाउँपालिकाको समृद्धिको आधार दिगो पर्यटकीय पूर्वाधार, एक वस्ती एक उद्यम, एक व्यक्ति एक सीप, विपद व्यवस्थापन कोष निर्माण, सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम, अधयक्षसंग सहायता कार्यक्रम, मातृत्व सम्मान तथा शैक्षिक निरन्तरता, सुरक्षित प्रविधि, अनुशासित सिकाई लगायतका विशेष कार्यक्रमहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयलाई प्रभावकारी बनाईने बताउनुभयो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP