२०८३ असार २
June 16, 2026, Tuesday

मौवाफाँटमा सार्वजनिक सुनुवाई : जलविद्युत आयोजनाले उत्तरदायित्व पुरा गरेनन्

रघुगंगा गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन बुधबार मौवाँफाटमा सार्वजानिक सुनुवाई गरेको छ । रघुगंगाले गतबर्ष र चालु आर्थिक बर्षको मंसिरसम्मको प्रगतिको समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सपन्न गरेको छ । कार्यक्रममा विषयगत कर्मचारीले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

Advertisement

कार्यक्रममा सहभागि दरमिजाका बी प्रसाद पुन, पिप्लेका रमेश गुरुङ, वडानम्वर ४ र ८ वडासदस्यद्वाय चित्रबहादुर गर्वुजा, अगेन्द्र छन्त्याल, मौवाफाँटका निलकण्ठ सुवेदी, भगवती नरबहादुर भण्डारी, ज्ञानोदय माविका प्रअ विजय शर्मा, वडासदस्य जगतबहादुर खत्री, बादल शाही, दरमिजाका डम्मबहादुर विकले सुझाव, गुनासा र जनप्रतिनिधि र कर्मचारीले गर्नुपर्ने कामबारे प्रश्न गर्नुभएको थियो ।

Advertisement

उहाँहरुले रघुगंगामा निर्माणधिन हाइड्रोपावरले जनताको अपेक्षा अनुसार काम नगरेको, जलविद्युतको सामानहरु ओेसारपोसार गर्दा दग्नाम र दरमिजाको सडक जिर्ण भएपनि स्तरोन्नतीमा ध्यान नदिएको, तालिमविना कृषि अनुदान कृषकलाई वितरण गर्दा उपलब्धी शुन्य देखिएको, माटो परिक्षण प्रभावकारी नभएको, सार्वजनिक सम्पतिमा सरकारी संरचना बनाउँदा लालपुर्जा चाहिने ब्यवस्थाले बजेट कार्यान्वयनमा समस्या, हाईड्रोपावरले वातावरणीय परिक्षण रिपोट आधारमा स्थानीयस्तरमा काम नगरेको लगायतको गुनासो राख्नुभएको थियो ।

त्यस्तै, विद्यालयमा विद्यार्थीहरुलाई अभ्यास गराउने खेलकुद सामाग्रीको अभाव, रघुगंगामा स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तक निर्माणमा ढिलाई, शिक्षा समितिमा युवालाई राख्न आग्रह गर्नुभएको थियो । रघुगंगालाई बलियो बनाउन आयस्रोत बृद्धिमा जनप्रतिनिधि र कर्मचारीले किन ध्यान नदिएको, विकासमा बजेट अभाव भयो भन्ने तर स्थानीय वनजंगल प्रयोग गरे आम्दानी गर्ने पलाई उद्योग स्थापना, खरि खानी संचालन लगायतलाई प्रयोगमा ल्याएर आम्दानी बढाउने योजनामा ध्यान किन नदिएको, वडास्तरमा पुगेर साना योजना सम्झौता किन नगरेको, योजना भुक्तानी लिनका लागि बैंकमा खाता खोल्दा राख्नुपर्ने शुल्क धेरै भएको लगायतको गुनासो राख्नुभएको थियो ।

बेरोजगार युवालाई हाईड्रो सम्वन्धी तालिम दिएर जलविद्युतमा काम गर्ने वातावरण बनाउन किन ढिलाई गरेको, विकास निर्माणमा उपभोक्ता समितिबाट काम गर्न ग्राहो भयो भन्ने ठेक्का प्रक्रियामा काम नगरि पेश्की दिने गर्ने, ठेक्का लिने काम नगर्ने, विद्यालयमा जडान गरिएका इन्टरनेट किन चल्दैनन्, जनप्रतिनिधि र कर्मचारीले जनताको काम भन्दा सेवासुविधा लिनेतर्फ ध्यान दिएको, विकासतर्फ भन्दा तलवभत्तामा बढी बजेट खर्च भएको, पालिकाले काम नगर्दा भूमिहिनलाई जग्गा उपलब्ध गराउन समस्या भएको लगायतका गुनासाहरु उठेका थिए ।

उठेका गुनासाका जवाफ दिदै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले निर्माणधिन जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व अनुसारको काम गर्न निर्देशन दिएको बताउनुभयो । रघुगंगामा निर्माणधिन ५ वटा जलविद्युत आयोजनालाई सडक स्तरोन्नती र मर्मत गर्नका लागि पत्राचार गरिएको जानकारी गराउनुभयो । ‘जलविद्युत आयोजनाबाट प्राप्त सामाजिक उत्तरदायित्व अन्तरगतको बजेटलाई क्षतिग्रस्त वडालाई विनियोजन गरिने छ, स्थानीयबासीको गुनासोलाई सम्वोधन गर्न जलविद्युत आयोजनसंग छलफल गरेका छौ, दग्नाम दरमिजाको बाटोलाई फराकिलो बनाउन हाईड्रोलाई निर्देशन दिएका छौ,’– अध्यक्ष भण्डारीले भन्नुभयो । खरि खानी प्रयोग गर्ने अधिकार संघीय सरकारमा रहेको हुनाले यसतर्फ ध्यानाकर्षण गरेको जानकारी गराउँदै रघुगंगामा आयस्रोतको माध्यम बढाउनतर्फ पहल गरेको बताउनुभयो ।

वडानम्वर २ का वडाअध्यक्ष अमृत भण्डारीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले संघ र प्रदेश सरकारले निकाशा दिन ढिलाई गर्दा समयमा तलवभत्ता र विकास योजनाको भुक्तानी दिन समस्या भएको बताउनुभयो । कृषि, शिक्षा, पशु लेखा, सामाजिक सुरक्षा सम्वन्धी आएका गुनासाको जवाफ विषयगत शाखाका प्रमुखले जवाफ दिनुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP