नेपाली कांग्रेस म्याग्दीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । बेनी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा सोमबार विविध कार्यक्रम गरी एकता दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने बक्ताले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विचार र सिद्धान्त अनुसार नै पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
राणा शासन, दोस्रो जनआन्दोलन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने देखि संविधानसभामार्फत नयाँ संविधान जारी गर्न कांग्रेसले नै नेतृत्व गरेको र अहिलेको अवस्थामा पनि कांग्रेसले नै देशको नेतृत्व गर्ने गरेको पूर्व सभापति एवम् संविधानसभाका सदस्य रेशमबहादुर बानियाँले बताए ।

त्यस्तै पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जिल्ला सम्मेलनमा गरिएको निर्णयको कार्यान्वयन तथा जनतामाझ पार्टीका गतिविधिहरु सञ्चालन गर्न सबैको सक्रियता आवश्यक रहेको बताए । कार्यक्रममा पार्टी उपसभापति हरिकुमार श्रेष्ठ, कर्णबहादुर भण्डारी, पूर्व उपसभापति माधबप्रसाद रेग्मी लगायतको उपस्थिती रहेको थियो । नगर समितिका सभापति रबिन्द्र कार्कीको अध्यक्षता, सुजन बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...