२०८३ असार ११
June 25, 2026, Thursday

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ ।

Advertisement

तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी प्रजिया ब्युटीपार्लर टे«निङ सेन्टरकी सञ्चालक गंगा थापा कार्कीले सहजिकरण गर्नुहुने जनाएको छ ।

Advertisement

“सिमित स्रोत र साधनका बावजुत सामाजिक र आर्थिक क्षेत्रका कार्यक्रमलाई पनि जोड दिएका छौ,” कार्यक्रममा उपप्रमुख लामिछानेले भन्नुभयो “तालिमको सदुपयोग गरेर स्वरोजगार र आत्मनिर्भर बन्नुहुनेछ भन्ने अपेक्षा नगरपालिकाले गरेको छ ।”

महिलाहरु स्वरोजगार र आत्मनिर्भर बनेपछि लैङ्गिक समानता र हिंसा न्युनीकरणमा सहयोग पुग्ने उपप्रमुख लामिछानेले बताउनुभयो । राज्यको लगानीको सदुपयोग र तालिमको उपयोग हुनुपर्ने उहाँले बताउनुभयो । बेनी नगरपालिकामा ७ वटा सिकाई केन्द्र मार्फत क्षमता विकास र आयआर्जनमुलक कार्यक्रम सञ्चालन भएको छ ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले टोल विकास संस्था, आमा समूहको सिफारिसमा सहभागी छनौट गरिएको बताउनुभयो । सिकाई केन्द्रको रु. एक लाख बजेटले तालिमलाई अपुग हुने भएपछि वडा मार्फत थप रु. दुई लाख बजेट व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

वडा सदस्य मिना कार्की र पवित्रा सार्कीले महिलाहरुलाई आत्मनिर्भर बनाउन र ब्युटीपार्लर सम्बन्धी सेवा लिन बेनी पुग्नुपर्ने समस्या हटाउन स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्न लागिएको बताउनुभयो । आधारभूत तहको तालिम लिएकाहरुलाई दोस्रो चरणमा एड्भान्स तहको तालिम दिने उहाँहरुले बताउनुभयो ।

शिवालय सिकाई केन्द्रका अध्यक्ष भरत शर्माले गत वर्ष व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम दिएको र यसपाली महिलाहरुको माग अनुसार सौन्दर्यकला सम्बन्धी तालिम आयोजना गरेको बताउनुभयो ।

केन्द्रका सदस्य रामप्रसाद शर्माले प्रगति प्रतिवेदन पेश गर्दै साक्षरता अभियानका क्रममा स्थापना भएको केन्द्र अन्तरगतका ६ वटा समुहले बचत, सहुलियत ब्याजदरमा बिना धितो ऋण लगानीका साथै विभिन्न सामाजिक काम गरेको बताउनुभयो ।

केन्द्रका परिचालक सिता थापा कुँवरले सेवा क्षेत्र भित्र न्युन आय भएका महिलाहरुलाई विभिन्न आयआर्जन समूहमा आवद्ध गराई समुहलाई विउ पुँजी उपलब्ध गराएको र नियमित बैठक राख्ने गरिएको बताउनुभयो । सो कार्यक्रम देखि अतिथिहरुलाई मायाको चिनोका रुपमा स्थानीय उत्पादन उपहार दिन थालिएको छ ।

सोमबारको कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख लामिछानेलाई सुन्तला उपहार दिएको र अन्य कार्यक्रमका अतिथिहरुलाई मौसम अनुसार फलफुल तथा कृषि उपज मायाको चिनो दिने वडा सदस्य सन्दिप खत्रीले बताउनुभयो ।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP