Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीको अध्यक्षमा नारायण शर्मा

‘व्यवसाय संरक्षण र साङ्गठनिक सशक्तिकरण हाम्रो अभियान’ भन्ने मूल नारासहित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन आज (शनिवार) म्याग्दीको बेनीमा सम्पन्न भएको छ ।

Advertisement

अधिवेशनले शाखाको जिल्ला अध्यक्षमा नारायण शर्मा, उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ, सचिवमा ध्रुवराज सुवेदी, कोषाध्यक्षमा शान्ति पौडेल आचार्य र सहसचिवमा रामु रिजाललाई चयन गरेको छ ।

Advertisement

यसैगरी शाखाको कार्यसमिति सदस्यहरुमा लक्ष्मीप्रसाद सुवेदी, पुष्पा गौतम, लोकानाथ उपाध्याय, विष्णु थापा, नारायणप्रसाद पौडेल र गोविन्द आचार्य चयन भएका छन् ।

यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सम्बन्ध सबैसँग रहेको भएकाले यो सम्मानित पेशा तथा व्यवसाय भएको बताउनुभयो ।

उनले म्याग्दी जिल्लाभर कुल २ सय ५६ वटा विद्यालयहरु सञ्चालनमा रहेको ती विद्यालयहरुमा ३३ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै पुस्तक व्यवसायी महासंघले प्रकाशित सबै पाठ्यपुस्तकहरु सहज र व्यवस्थित तरिकाले बिक्री वितरणको वातावरण मिलाउनुपर्ने बताउनुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाराम गौतमले विगतमा १७ पटकसम्म पुगेर पाठ्यपुस्तकहरु ल्याएर वितरण गरिएको स्मरण गराउँदै अहिले एकैपटकमा सबै सेट पुस्तकहरु ल्याएर समयमा नै विद्यालय र विद्यार्थीहरुलाई उपलब्ध गराइएको बताउनुभयो ।

महासंघ प्रदेशको पहलमा पुस्तक व्यवसायीलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै गण्डकी प्रदेशमा व्यवसायी हितकोष स्थापना गरिएको जानकारी दिनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले अहिलेको अवस्थामा देश सङ्घीयतामा गएको भए पनि अझै उद्योगमैत्री वातावरण बन्न नसकेको बताउँदै जिल्लाको शैक्षिक क्षेत्रको विकासमा पुस्तक व्यवसायी महासंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले जिल्लामा सञ्चालित सबै विद्यालयहरुमा समयमै पाठ्यपुस्तक पु¥याउने कार्यमा महासंघसँग समन्वय र सहकार्य गरिएको बताउनुभयो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP