२०८३ असार ११
June 25, 2026, Thursday

१२ औं बेनी बोर्डिङ कप सुरू, पहिलो दिन पाँच खेल

म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तहफुटबल प्रतियोगिताको पहिलो दिनका खेलामा पाँच विद्यालयले विजय सुरुवात गरेका छन् । बुधबार खुल्लामञ्चमा सम्पन्न उद्घाटन खेलमासाविक विजेता अर्थात डिफेन्डिङ च्याम्पियन बेनी सामुदायिक माविलाई पराजित गदैं केबी एकेडेमी दरबाङले बिजय सुरुवात गरेको छ । बेनी सामुदायिक माविलाई केबीले १ का बिरुद्ध ३ गोल प्रहार गरेको थियो ।

Advertisement

बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको दोस्रो खेलमा न्यू वेष्ट पोइन्ट आवासीय माविले बुद्ध एकेडेमीलाई १ का बिरुद्ध ५ गोलले पराजित गरेको छ । प्रतियोगिताको तेस्रो खेलमा माउण्ट एभरेष्ट आवासीय माविले प्रकाश माविलाई १–३ गोलले पराजित गरेको छ ।

Advertisement

अर्को खेलमा लिटल गार्डेन एकेडेमीले धौलागिरी मावि सिंगालाई ०–८ गोलको फराकिलो अन्तरले विजय हासिल गरेको छ । त्यस्तै पहिलो दिनको अन्तिम खेलमा आयोजक बेनी बोर्डिङले सरस्वती आधारभुत विद्यालय बगरफाँटलाई सुन्यका बिरुद्ध ७ गोलले पराजित गरेको बेनी बोर्डिङ्गका लेखापाल बिशाल खत्रीले बताए ।

प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । बि(स २०७९ साल चैत्र २६ गते स्वर्गारोहण भएका विद्यालयका विद्यार्थी हिमाल रोकाको स्मृतिमा आयोजित प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उद्घाटन गदै आधारभुत तहमा फुटबलका प्रतिभा पहिचानमा यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । प्रतियोगिताको उद्घाटन मंगलबार विद्यालयको प्राङ्गनमा गरिएको थियो ।

आधारभुत तहमा रहेका फुटबल खेलाडीको पहिचानका लागि हरेक बर्ष हुने प्रतियोगितामा सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न स्थानीय तहमा रहेका निजी तथा सामुदायिक विद्यालयबाट सहभागिता जनाउने गरेका छन् । प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु ३० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १५ हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट विधामा समेत ट्रफी र प्रमाणपत्र समेत वितरण गरिने छ ।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP