२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

नेपाल शिक्षक संघ रघुगंगाको चौथो प्रतिनिधि सभा सम्पन्न

नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको चौथो प्रतिनिधि सभा सम्पन्न भएको छ ।
पालिकाको वडा नं. ६ पाखापानीमा सम्पन्न भएको चौथौ प्रतिनिधि सभाको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले शैक्षिक क्षेत्रको विकासका लागि पालिकाले पहिलो प्राथमिकता राखेर काम गरेको बताउदै समाज निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।

Advertisement

पछिल्लो समय सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा सबैले सोच्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले विद्यालयको गुणस्तर सुधारमा शिक्षकहरुको महत्वपूर्ण भुमिका रहने बताउुनयभो ।

Advertisement

कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नंं.६का अध्यक्ष मनकुमार शेरपुञ्जा र नेशिक्षक संघ संघिय कार्यसमिति सदस्य कल्याण सुबेदीे, निवर्तमान अध्यक्ष युकुमार गर्बुजा, जिल्ला उपाध्यक्ष चन्द्र्मान छन्त्याल लगायतले बोल्नुभएको रघुगंगा कार्यसमितिका सचिव बिष्णु प्रसाद रेग्मीले बताउनुभयो ।

शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्ष गुन मुनको अध्यक्षतामा भएको कार्यक्रममा रघगंगा कार्यसमितिका सह सचिव प्रेम थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा आठ जना स्थायी र १५ जना नयाँ शिक्षकहरुलाई स्वागत तथा सम्मान गरिएको रेग्मीले जानकारी दिनुभयो । विभिन्न विद्यालयका शिक्षहरुबाट सांङ्गितिक प्रस्तुति रहेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रमा पौडेल गर्नुभएको थियो भने कार्यक्रम संचालन सचिव विष्णु प्रसाद रेग्मी गर्नुभएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० माघ २७, शनिबार १५:३३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० माघ २७, शनिबार १५:३३

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० माघ २७, शनिबार १५:३३

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP