२०८३ बैशाख २०
May 3, 2026, Sunday

म्याग्दी जिल्ला भलिबल संघको प्रथम साधारणसभाः मंगला भलिबल संघ पुरस्कृत

म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघको प्रथम वार्षिक साधारणसभा आईतवार बेनीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित साधारणसभाको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले उद्घाटन गर्नुभएको हो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका समितिका अध्यक्ष केसीले म्याग्दी जिल्लामा भलिबल खेलको लोकप्रियता बढ्दै गएको बताउनुभयो ।

Advertisement

उहाँले खेलको विकास संगै खेलाडी उत्पादन लागि समेत संघले गरेको गतिविधि प्रशंसनीय रहेको बताउनुभयो । ‘खेलाडीहरुमा अनुशासन अति आवश्यक हुन्छ, मेहनत र अनुशासनपूर्वक खेल प्रर्दशन गर्ने जिल्लाका जुनकुनै विधाका खलाडीहरुलाई राम्रो अवसर सृजना हुन सक्छ’, अध्यक्ष केसीले भन्नुभयो ।

Advertisement

कार्यक्रममा संघका अध्यक्ष तेजेन्द्र बानियाँले वार्षिक प्रगति तथा कोषाध्यक्षको अुपस्थितिमा महासचिव कुमार किसानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा जिल्लाका ६ वटा पालिका मध्य मंगला भलिबल संघलाई उत्कृष्ट भलिबल संघको रुपमा १ थान भलिबल र सम्मान प्रत्रद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष तेजेन्द्र बानियाँले २०६१ सालमा समिति गठन भई विभिन्न गतिविधिहरु संचालन गर्दै आएको म्याग्दी जिल्ला भलिबल संघलाई २०८० मा जिल्ला खेलकुद विकास समितिमा आधिकारिक रुपमा दर्ता गरि संघको आफ्नै पान नम्वर समेत लिएको बताउनुभयो ।

संघका पदाधिकारी तथा सदस्यहरुबाट स्वच्छिक रुपमा आर्थिक संकलन गरि आवश्यक फर्निचर तथा अन्य सामग्रीहरु जुटाएर संघको कार्यालय समेत संचालनमा ल्याईएको छ । हालसम्म जिल्लाको ६ वटै पालिकामा भलिबल संघ गठन तथा करिव २० वटा राष्ट्रमा अन्तराष्ट्रि सल्लाहकार तथा सम्पर्क समितिहरु गठन गरिएको छ ।

खेलको विकास र खेलाडी उत्पादनमा जोड दिदै संघले हरेक वर्ष संचालन गर्ने म्याग्दी भलिबल कपका लागि गौमति खत्री विकास कोषका अध्यक्ष लाल बहादुर केसीसंग वार्षिक दुई लाख रुपैयाँ उपलब्ध गराउने गरि १० वर्ष सम्मको सम्झौता गरिएको अध्यक्ष बानियाँले बताउनुभयो । संघले राष्ट्रिय तथा जिल्लाका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान, जिल्लाका क्लव तथा विद्यालयहरु संगको समन्वयमा भलिबल खेल प्रशिक्षण, जिल्लाबाट प्रदेश स्तरीय खेलहरुमा खेलाडी सहभागिता, नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीमा आयोजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्राविधिक व्यवस्थापन, प्रथम मोना कपको प्राविधिक व्यवस्थापन लगायतका कार्य गरेको अध्यक्ष बानियाँले बताउनुभयो ।

त्यस्तै संघको गत आर्थिक वर्षको कुल आम्दानी ७ लाख ५६ हजार २ सय र कुलखर्च ९ लाख ९९ हजार १ सय ९८ रुपैँया रहेको कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । संघले गत आर्थिक वर्षको हिसावमा विभिन्न शिर्षकमा २ लाख ४२ हजार ९ सय ९८ रुपैयाँ तिर्न वाँकी रहेको छ । साधारणसभाको बन्दसत्रमा वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफल सहित सर्वसहमतिमा पारित गरिएको महासचिव कुमार किसानले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश भलिबल संघका सचिव सोम बहादुर पौवि (यामु) संघका निवर्तमान अध्यक्ष रमेश कुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दान बहादुर राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । म्याग्दी जिल्ला भबिलल संघका अध्यक्ष तेजेन्द्र बानियाँको अध्यक्षता, सदस्य मलिन कुमार रोकाको स्वागत र महासचिव कुमार किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० फाल्गुन १, मंगलवार ०६:३५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० फाल्गुन १, मंगलवार ०६:३५

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० फाल्गुन १, मंगलवार ०६:३५

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP