२०८३ बैशाख २०
May 3, 2026, Sunday

जनयुद्ध दिवसमा माओवादी केन्द्र र नेकपाको संयुक्त दिप प्रज्वलन

नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बेनीमा संयुक्त कार्यक्रम गरेर २९ औ जनयुद्ध दिवस मनाएका छन् ।

Advertisement

२०५२ फागुन १ गते राजतन्त्रात्मक व्यवस्थाको विरुद्धमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा शसस्त्र संघर्ष शुरु भएको दिनको स्मरण, दिवंगत सहिद, वेपत्ताको सम्झना, घाइते र अपाङ्गको सम्मानमा बेनीको जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिप प्रज्वलन गरिएको हो ।

Advertisement

विभिन्न समूहमा विभाजन भएका माओवादी घटकका नेतृत्वलाई कार्यकर्ता तहबाट सहकार्य र एकताको सन्देश दिने उद्देश्यले संयुक्त कार्यक्रम गरिएको नेकपाका जिल्ला ईञ्चार्ज उषा घर्ति घिमिरेले बताउनुभयो ।

“सामाजिक रुपान्तरण र जनताको पक्षमा परिवर्तनको मुद्दालाई संस्थागत गर्न जनयुद्ध गरेका शक्तिहरुको सहकार्य र एकता आवश्यक छ,” उहाँले भन्नुभयो “समाजवादी मोर्चाबाट भएको सहकार्यलाई एकतामा रुपान्तरण गर्दै जनताको पक्षमा काम गर्न नेतृत्वले ध्यान दिनुपर्छ ।”

नेकपा माओवादी केन्द्रका युवा नेता तथा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जनयुद्धको जगमा प्राप्त भएका साझा उपलब्धीलाई संस्थागत गर्दै सामाजिक न्याय, समानता र विभेद रहित समाज निर्माणको जिम्मेवारी पुरा गर्न नीति निर्माण तहमा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

दश वर्षे जनयुद्धको जगमा भएको दोस्रो जनआन्दोलन, संसद पुर्नस्थापना, राजतन्त्रको अन्त्य, गणतन्त्र, संघीयता सहितको संविधान, समावेशी, समानुपातिक व्यवस्थाका साझा राजनीतिक उपलब्धी भएका बताउनुभयो । जनयुद्धका कारण पिछडिएका, उत्पीडन, दमन र विभेदमा परेका वर्ग, समुदायको अधिकार सुनिश्चित भएको बताउदै त्यसलाई व्यवहारमा रुपान्तरण गर्न जोड दिने बताउनुभयो ।

माओवादी केन्द्र निकट वाइसीएल र अनेरास्ववीयु क्रान्तिकारी तथा नेकपा जिल्ला कमिटि म्याग्दीले दिप प्रज्वलन कार्यक्रम आयोजना गरेका हुन् । नेकपाका नेता गोविन्द सिले फरक फरक मोर्चाबाट संघर्ष गरिरहेका माओवादी घटकहरुबीच सहकार्य र एकतामा जोड दिनुभयो । नेकपा निकट अखिल क्रान्तिकारीका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० फाल्गुन १, मंगलवार १४:४८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० फाल्गुन १, मंगलवार १४:४८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० फाल्गुन १, मंगलवार १४:४८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP