२०८३ बैशाख २०
May 3, 2026, Sunday

माविस्तरीय सालैजो शिरफुले लोकनृत्य प्रतियोगितामा प्रकाश मावि प्रथम

माविस्तरीय सालैजो शिरफुले लोकनृत्य प्रतियोगितामा प्रकाश मावि प्रथम नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आयोजित संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ ।

बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय भएका छन् । प्रथम, द्धितिय, तृतियले क्रमश २० हजार, १२ हजार, ८ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा बेनी आवासीय मावि र दरबाङ बोर्डिङ स्कुलले सान्त्वना क्रमश ५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका उपाध्यक्ष खम थापाले बताए । प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए ।

दिवसको अवसरमा आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा खम्बीरले उद्घाटन गरेका थिए । नयाँ पुस्ता आधुनिक कला र संस्कृतिमा रमाइरहेको अवस्थामा प्रतियोगिताले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा भेषभुषा पुस्तान्तरणको अभियानमा सघाएको सांसद गर्बुजाको भनाई थियो । सोही अवसरमा गण्डकी प्रदेशकी पूर्वमन्त्री नरदेबी थापा, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, नेपाल भाषा मंकाखल म्याग्दीका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठ, मगर संघ म्याग्दीकी निर्वतमान अध्यक्ष डकमायाँ पुनले मन्तब्य राखेका थिए ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० फाल्गुन १५, मंगलवार १३:३४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० फाल्गुन १५, मंगलवार १३:३४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० फाल्गुन १५, मंगलवार १३:३४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP