२०८३ असार २
June 16, 2026, Tuesday

जलजलाको १६ औँ गाउँसभा : रु १ करोड ३९ लाख थप बजेट विनियोजन

पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको हो ।

Advertisement


गाउँसभाले वडा र बिषयगत शाखाको विभिन्न योजनाको बजेट रकमान्त र संशोधन समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँसभाले निर्वाधिन स्टोर तथा आवास भवनको लागि रु ९० लाख बजेट विनियोजन गरेको छ भने अन्य बजेट खानेपानी, शिक्षा लगायतका पूर्वाधार योजनामा विनियोजन गरिएको छ ।
गाउँसभामा उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको थप बजेट सहित विभिन्न योजनाहरुको बजेट रकमान्तर र संसोधन सहितको प्रस्ताब सर्वसम्मतीले पारित भएको थियो । सभामा कार्यसम्पादमा उत्कृष्ट कर्मचारीको रुपमा सूचना तथा सञ्चार प्रविधि अधिकृत सुदिप पौडेल र उत्कृष्ट कर्मचारीको रुपमा सूचना अधिकारी भेषनाथ आचार्यलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Advertisement


गाउँसभामा गाउँपालिकाको चालु आर्थिक बर्षको गत साउनदेखि फागुन २० गतेस्म्मको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले वडा स्तरका विभिन्न ३८ वटा योजना निर्माण सम्पन्न भएको र ८६ वटा योजना सम्झौता भएर कार्यान्वनको चरणमा रहेको जानकारी दिनुभयो ।

गाउँपालिकाको संघीय अनुदान, प्रदेश अनुदान, राजश्व बाडफाँड र आन्तरिक आम्दानी समेत गरी कुल ४७ करोड १० लाख आय हुने अनुमान गरेकोमा हालसम्म रु २५ करोड ७५ लाख ७२ हजार ६४ वास्तविक आय भएर चालुतर्फ ४७ दशमलब ७५ प्रतिशत र पुँजीगततर्फ ३५ दशमलब ९ प्रतिशत बजेट खर्च भएको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष आचार्यले चालु आर्थिक बर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम र गाउँसभाबाट स्विकृत भएका थप योजना तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयनमा कर्मचारी र जनप्रतिनिधि जुट्नुपर्ने बताउनुभयो । उहाँले गाउँसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जिज्ञासा मेटाउँदै गाउँपालिकाले भूगोल र जनसंख्या तथा अत्याबश्यक आवश्यकताहरुलाई ध्यानमा राखेर बजेट विनियोजन गर्ने गरेको बताउँदै कार्यान्वयनमा समेत सबै पक्षबाट सकरात्मक सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँसभा सदस्यहरुले बजेट विनियोजन र योजना कार्यान्वयन तथा सेवा प्रवाहका सम्वन्धमा प्रश्न र जिज्ञासा राखेका थिए ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP