२०८३ असार २
June 16, 2026, Tuesday

म्याग्दीमा शैक्षिक सत्र सुरु नहुँदै भित्रियो पाठ्यपुस्तक

म्याग्दीमा आगामी शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताको कारण दुर्गम गाउँका विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्यालाई हटाउन म्याग्दीका पुस्तक व्यवसायीहरुले जिल्लामा सरकारी विद्यालयका लागि पाठ्यपुस्तकको उपलब्धता गराउन सुरु गरेका हुन् ।

Advertisement

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको जनाएको छ । महासंघमा आबद्ध व्यवसायिहरुले सामुहिक रुपमा लगानी गरी डिपो सञ्चालनमा ल्याएर जिल्लामा सहज रुपमा पाठ्यपुस्तक उपलब्ध गराउन थालेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

Advertisement

‘‘हामीले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई आबश्यक पर्ने सरकारी पाठ्यपुस्तक जिल्लामा ल्याइसकेका छौँ, विद्यार्थीको अनुमानित संख्याका आधारमा पुस्तक ल्याएका छौँ, अपुग भएर सम्बन्धित विद्यालयबाट माग भएमा थप पाठ्यपुस्तक समेत ल्याउने प्रवन्ध मिलाएका छौँ, यो बर्ष जिल्लामा वैशाख १ गतेभित्रमा नै विद्यार्थीहरुको हातहातमा पाठ्यपुस्तक पुग्छ’’–अध्यक्ष शर्माले भन्नुभयो ।

वि.स. २०७२ सालदेखि म्याग्दीका पुस्तक व्यवसायीहरुले सामुहिक रुपमा सरकारी विद्यालयका पाठ्यपुस्तक विक्रि गर्दै आएका छन् । यो बर्ष महासंघमा आबद्ध जिल्लाका २८ जना व्यवसायीहरुले रु १ करोड लगानीमा कक्षा १ देखि १० सम्मका करिब १६ हजार पाँच सय विद्यार्थीहरुको लागि पाठ्यपुस्तक जिल्लामा ल्याएको पुस्तक व्यवसायी ठाकुर प्रसाद शर्माले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम बेनीमा विक्रि कक्षा सञ्चालनमा ल्याएका व्यवसायीहरुले स्थानीय तहमा रहेका व्यवसायीहरु मार्फत पायक पर्ने ठाउँसम्म ढुवानी समेत गरेर सहज रुपमा पाठ्यपुस्तक विक्रि वितरण गर्ने तयारी गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका कोषाध्यक्ष समेत रहनुभएका शर्माले जानकारी दिनुभयो ।
सबै व्यवसायिहरुको अपनत्वमा सामुदायिक विद्यालयहरुलाई सहज रुपमा समयमै पुस्तक उपलब्ध गराउने उदेश्यले विक्रि केन्द्र सञ्चालन गर्ने गरिएको महासंघ म्याग्दीका पूर्व अध्यक्ष नवराज पोडेलले जानकारी दिनुभयो ।

यसैबिच विहिवार बेनीमा सामुदायिक विद्यालयमा सरकारी पाठ्यपुस्तकको सहज उपलब्ध गराउने बिषयमा पुस्तक व्यवसायि र सरोकारवालाहरुबिच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले विद्यार्थीहरुलाई शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक हातहातमा पु¥याउने तत्परताको लागि व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP