२०८३ जेष्ठ ११
May 25, 2026, Monday

ताकमका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अपाङ्गता भएकाहरुलाई मंगलबार परिचयपत्र र सहायता सामग्री वितरण गरिएको छ ।

Advertisement

शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो ।

Advertisement

गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको धारापानीका खिमकुमारी उपाध्यायले बताउनुभयो ।

शिविरमा ३६ जनालाई अपाङ्गता भएकालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका कर्मचारी देव पुनले बताउनुभयो । २ जनालाई (क), २७ जनालाई (ख), १ जनालाई (ग) र ६ जनालाई (घ) वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

१ वटा एल स्टिक, २९ जनालाइ (लठ्ठ्ठी), २ जनालाई बेल, ३ जनालाई वैशाखी, ४ जनालाई बलाइन्ड स्टिक, ह्वाइट क्यान २ जनालाई, कमोड चियर ३ जनालाई वितरण गरिएको छ । यसअघि मराङमा सोमबार भएको घुम्ति शिविर मार्फत ६ जना पुरुष र ४ जना महिलालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको थियो ।

यसैगरी १४ थान एल स्टिक, २ थान ह्वाइट केन, १ थान कम्बोट चियर र १ थान बैशाखी वितरण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, बेनी अस्पतालका चिकित्सक डा. रोशन आचार्य, वडा अध्यक्ष अशोक खत्री, स्वास्थ्य शाखाका सहसंयोजक अनिशा आचार्यले परिचयपत्र र सहायता सामग्री वितरण गर्नुभएको थियो ।

वडा नम्बर ४ मुदीमा बुधबार घुम्ति शिवर मार्फत अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरिने उपाध्यक्ष पुनले बताउनुभयो । अपाङ्गता भएकाहरुबाट माग संकलन गरेर आवश्यक सहायता सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

वडामै निवेदन संकलन गरि अपाङ्गता समन्वय समितिको बैठक बसेर निर्णय गरि परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष पुनमगरले अशक्तहरुलाई झञ्जटरहित तरिकाले परिचयपत्र उपलब्ध गराउन वडामा पुगेको बताउनुभयो ।

अपाङ्गता भएका नागरिकहरुले परिचयपत्रको आधारमा सार्वजनिक यातायात लगायत क्षेत्रमा पाउनुपर्ने छुट सुविधा नपाएको विषयमा गाउँपालिकासँग गुनासो गरेका थिए ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० चैत्र २०, मंगलवार १६:२२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० चैत्र २०, मंगलवार १६:२२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० चैत्र २०, मंगलवार १६:२२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP