२०८३ असार २
June 16, 2026, Tuesday

अन्नपूर्ण गाउँपालिका उत्कृष्ट ५ कृषक र एक समुहलाई नगदसहित सम्मानित

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मानित गरेको छ । आइतबार १० औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित उत्कृष्ट कृषक सम्मान कार्यक्रमा गाउँपालिका भित्रका उत्कृष्ट ५ जना कृषक र एक समुहलाई सम्मान गरिएको हो ।

Advertisement

बरूवाल हरियाली तरकारी फर्म घारका सञ्चालक तेजबहादुर बरुवाल,चित्र कृषि तथा पशुपंक्षी फर्म राम्चेका सञ्चालन चित्र बहादुर गर्बुजा, ब्यवसायिक तरकारी उत्पादक हिस्तानकी टिका पाई जा तिलिजा, करबाकेली जडिबुटी तथा फलफुल नर्सरी उद्यमका सञ्चालक बेग बहादुर पूर्जा रहेका छन् ।

Advertisement

त्यसैगरी पाईजा पशुपालन तथा कृषि फार्म राम्चेका तुलबहादुर पाईजालाईक्रमश ३५ हजार ८ सय नगद पुरस्कारसहित कदरपत्रले सम्मानित गरिएको हो । सोही अवसरमा नारच्याङमा करिब ६० रोपनी जमिनमा रैनाने बाली प्रर्बधन कार्यक्रममा सक्रिय जागरुक महिला कृषि समुहलाई नगद २० हजार सहित कदरपत्रले सम्मान गरिएको गाउँपालिकाकी कृषि अधिकृत कृति आचार्यले जानकारी दिइन् ।

सम्मानित हुने कृषक र समुहलाई गाउँपालिका अध्यक्ष भरतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले सम्मान गरेका थिए ।सम्मानित हुने कृषकमा तरकारी, किबी लगायत फलफुल खेतीको व्यावसायिक उत्पादन गदैं आइरहेका छन् । गाउँपालिकाले ब्यवसायिक कृषिमा सक्रिय रहेका कृषकलाई सार्वजनिक सूचना जारी गरी आवेदन मागेर स्थलगत रुपमा अनुगमन गरी छनौट गरेको कृषि शाखाले जनाएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP