२०८३ असार २
June 16, 2026, Tuesday

अन्नपूर्ण गाउँपालिकामा ५३ करोड बढीको बजेट सार्वजनिक

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी बर्षको लागि रु ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि रु ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको बजेट बक्तव्यमा चालु तर्फ रु ३४ करोड ८५ लाख ५ हजार र पुजिगत तर्फ रु १८ करोड ३९ लाख ३८ हजार विनियोजन गरिएको छ ।

Advertisement

बजेटमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान रु ७ करोड ४७ लाख, राजश्व बाँडफाँडको रु ८ करोड ८५ लाख, शशर्त अनुदान रु २१ करोड १६ लाख १७ हजार, गण्डकी प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान रु ८७ लाख १२ हजार, विशेष अनुदान रु ४० लाख, समपूरक अनुदान रु ६० लाख, सवारी कर बाँडफाँडबाट प्राप्त हुने रु १ करोड १ लाख ६३ हजार लाई समावेश गरिएको छ ।

Advertisement

त्यसैगरि आन्तरिक राजश्वबाट प्राप्त हुने रु १ करोड ७२ लाख ५० हजार र अल्या तर्फको अनुमानित रु ७ करोड रकमलाई समेत समावेश गरेर आगामी बर्षको लागि बजेट प्रस्ताब गरिएको छ । गाउँपालिकाले एक वडा एक गौरवको योजना छनौट गरेर पूर्वाधार निर्माण तर्फको योजनामा बजेट विनियोजन गरेको छ । अन्नपूर्ण ६ को धिरच्याङमा गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माण गर्न रु २ करोड ५० लाख र जग्गा खरिदका लागि रु ४५ लाख बजेट विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार विकासको क्षेत्रमा रु १३ करोड ५७ लाख १८ हजार बजेट विनियोजन गरेको गाउँपालिकाले यातायात पूर्वाधार निर्माणमा रु २ करोड ४१ लाख ५० हजार, अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्न रु १ करोड, फोहोरमैला केन्द्र बनाउन रु ५० लाख, गाउँपालिकाले आइसिटी फर फ्राइडे कार्यक्रम सहित शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, पशुपालन, पर्यटन, लघुउद्यम, पूर्वाधार निर्माण योजनाको लागि प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष भारत कुमार पुनले ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दिगो कृषि, पर्यटन, उर्जा र उत्थानशील पूर्वाधार’ भन्ने नारा सहितको आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । गाउँपालिकाले ठूला पूर्वाधार निर्माण योजनामा वातावरणीय अध्ययनलाई अनिवार्य गर्ने नीति लिएको छ । क्लीन अन्नपूर्ण, क्लीन स्कुल अभियान चलाउने नीति लिएको यस गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार, आधुनिक सूचना प्रविधिको प्रयोग र व्यवहारिक शिक्षामा जोड दिने नीति लिएको छ ।

गाउँपभालिका अध्यक्ष पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पालिकाभित्रका सबै स्वास्थ्य चौकीहरुमा आबश्यक सामाग्री र पूर्वाधारको व्यवस्थापन गरेर नमुना स्वास्थ्य चौकी बनाउने नीति लिइएको छ । गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि व्यापक छलफलका लागि सभालाई स्थगीत गरिएको र असार १२ गते विहान ८ बजे सुरु हुने सभामा छलफल सहित पारित गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । सभामा बिनियोजन विद्येयक, आर्थिक विद्येयक,न्यायिक समितिको प्रतिवेदन,विपद् व्यवस्थापन समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन हाल सम्म भएका निर्णय र खर्चको विवरण समेत पेश गरिएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP