२०८३ असार २
June 16, 2026, Tuesday

ढोलठान दरबारमा फहराइयो राष्ट्रिय झण्डा

म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठान दरबारमा राष्ट्रिय झण्डा फहराइएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको ऐतिहासिक महत्वको ढोलठानको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्न आउने पर्यटकलाई आर्कषित गर्न झण्डा तोलन गरिएको हो ।

Advertisement


धबार बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछानेले संयुक्त रुपमा झण्डा फहराएका छन् । बेनी नगरपालिकाका वडाअध्यक्षहरूको क्लवद्धारा १० वटै वडामा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्ने अभियान अन्तरगत ढोलठान दरबारमा राष्ट्रिय झण्डा राखिएको वडा अध्यक्ष चक्रबाहादुर केसीको भनाई छ ।

Advertisement

पुरानो दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको र आगामी दिनमा यस क्षेत्रलाई प्राचिन सभ्यताको सुन्दर गन्तब्य बनाउने गरी प्रदेश सरकारसँग सहकार्य गरी बजेट विनियोजन भइरहेको मेयर सुरत केसीको भनाई छ ।

यस क्षेत्रमा पुराना अभिलेख तथा चिनारीहरुको संरक्षण गरेर राख्न सङ्ग्राहलय बनाउने योजना वडाको रहेको छ । स्थानीयबासीले झण्डाको संरक्षण तथा प्रर्बधन समेत गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय झण्डा फहराउने कार्यक्रममा बेनपा–४ का अध्यक्ष अणबहादुर खड्का, बेनपा–६का अध्यक्ष कृष्णसिङ बानियाँ, बेनपा–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, बेनपा–८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य र बेनपा–१० का अध्यक्ष मसबिर रोका लगायतको उपस्थिति रहेको थियो । ऐतिहासिक महत्वको ढोलठानको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।

ढोलठान दरबारको संरक्षण र पूर्वाधार निर्माणा लागि गत आर्थिक वर्षमा भू–तथाजलाधार व्यवस्थापनकार्यालय पर्वत मार्फत ढोलठाना संरक्षण योजनाका लागि १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दी मार्फत १० लाख गरेर २० लाख रुपियाँको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।

पुरानो दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम तथा दृश्यावलोकन स्थल, पदमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ । दरबार प्रवेश गर्नका लागि ढुङ्गाको प्रयोग गरेर मौलिक सीपबाट आकर्षक किसिमको प्रवेशद्धार बनाइएको उपभोक्ता समितिका सचिव याम विश्वकर्माले बताए ।

ढुङ्गा र माटोकोप्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृश्यावलोकन गर्न ढुङ्गाको सिँढी सहितको विश्रामस्थल बनाइएको छ । प्रदेश सरकारकै थप १० लाख बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवापर्खाल निर्माण गरिएको छ ।

पर्वत राज्य नेपालमा विलयभएको वि.सं. १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीका रूपमा रहेको तथ्यहरु फेला परेका छन् । समुन्द्री सतहदेखि एक हजार आठ सय ८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धवलागिरि,अन्नपूर्ण, नीलगिरिलगायतदर्जनौंहिमाल, सूर्योदयको मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP