२०८३ असार १
June 15, 2026, Monday

ओमकुमारी शान्ति कोषको अध्यक्षतामा सन्दिप खत्री  

ओमकुमारी शान्ति कोष म्याग्दीको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शनिबार बेनीमा सम्पन्न दशौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट सन्दिप खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा खम थापामगर, प्रथम उपाध्यक्षमा लोकेश पुनमगर, महासचिवमा बिनय श्रेष्ठ, कोषाध्यक्षमा दिपक श्रेष्ठ र सचिवमा नेत्रराज सुवेदी चयन हुनुभएको छ ।

Advertisement

सदस्यहरुमा टकसरा राना, मिना राम्जाली, राजेन्द्र आचार्य, कृष्ण जिसी, नन्दु पाइजा, कमल खत्री, सन्तोष गौतम र विरेन्द्र श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिका संयोजक चन्द्रकुमार केसीले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता र महासचिव बिनय श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।

Advertisement

उद्घाटन कार्यक्रममा जिसस प्रमुख थापा, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले विपन्नको उपचारमा सघाउदै आएको संस्थाको गतिबिधीलाई निरन्तरताको सुझाव दिनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल, मोना कतारका प्रतिनिधी तिुलु शर्मा, कोषको सहयोगमा उपचार गरेकी सावित्री थापाले मन्तब्य व्यक्त गर्नुभएको छ ।

बोनम्यारो रोगबाट थलिएकी बेनी नगरपालिका–४ की ओमकुमारी पुन (शान्ति)को उपचारका क्रममा निधन भएपछि उहाँको उपचारका लागि दाताले दिएको खर्च हुन बाँकी रकमबाट वि.स. २०७१ मा कोष स्थापना गरिएको थियो ।

संस्थाले हालसम्म जटिल रोगबाट थलिएका तीन सय ४८ जना बिरामीहरुलाई स्वास्थ्य संस्थामा पुग्न र उपचारका लागि अक्षयकोषबाट रु. ५३ लाख २५ हजार पाँच सय ३१ र अभियान बाट रु. दुई करोड छ लाख २४ हजार सात सय २८ सहयोग गरेको साधारणसभामा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

पछिल्लो कार्यसमितिको दुई वर्ष कार्यकालमा कोषको ब्याजबाट ६९ जनालाई रु. चार लाख ६८ हजार र अभियानबाट रु. ६३ हजार एक सय ९५ सहयोग गरेको छ । संस्थाको कोषमा रु. एक करोड ३६ लाख ७६ हजार दुई सय ६९ बचत रहेको छ ।

रु. एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको संस्थाले र कोषको ब्याजबाट विपन्न बिरामीको उपचारमा सघाउदै आएको छ । कोषमा आठ सय ९१ जना आजिवन, दुई जना गोल्ड संरक्षक, दुई जना टिटिनियम संरक्षक सदस्य, २९ जना डायमण्ड संरक्षक सदस्य र आठ वटा संरक्षक सदस्य छन् ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP