२०८३ असार १
June 15, 2026, Monday

अन्नपूर्णमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

Advertisement

अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता र कालीगण्डकी युवा क्लवको खेलमैदानको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो ।

Advertisement

अध्यक्ष पुनले प्रदेश र राष्ट्रिय प्रतियोगितामा पुगेर स्वर्ण, कास्य र रजत पदक जित्ने अन्नपूर्णका खेलाडीलाई जनही रु. १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार दिने घोषणा गर्नुभयो । यसैगरी पोखरेबगरमा कालीगण्डकी युवा क्लवले निर्माण गरेको खेलमैदानको स्टेज लगायत थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले सघाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार पुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । एथलेटिक्स, कवड्डी र भलिबल बिधाका ३० वटा खेलमा तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश रु. ४० र ३० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको पहिलो दिन भएको एक हजार पाँच सय मिटर दौडमा मुक्तिमार्ग मावि घारले छात्र÷छात्रामा स्वर्ण पदक जितेको छ ।

छात्रतर्फ शिख माविले कास्य र हिमाञ्चल माविले रजत तथा छात्रातर्फ ज्ञानप्रकाश माविले कास्य र शिख माविले रजत पदक जितेका छन् । एथलेटिक्स र कवड्डी कालीगण्डकी युवा क्लवको खेलमैदान तथा छात्रा÷छात्र भलिबल पोखरेबगर आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन गरिएको छ ।

उद्घाटन कार्यक्रममा भएको मार्च पासमा सर्वोदय मावि भुरुङ्ग– तातोपानी प्रथम, प्रभा मावि दोस्रो र हिमाञ्चल मावि तेस्रो भएका थिए । अन्नपूर्ण गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीको अध्यक्षता, उपाध्यक्ष दिवा तिलिजा पुनको स्वागत र सर्वोदय माविका प्रअ गोविन्द थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, सर्वोदय मावि व्यवस्थापन समितिका अध्यक्ष अनिल हिराचन, हिमाञ्चल माविका प्रअ रमन पुन, कालीगण्डकी युवा क्लवका अध्यक्ष रामकृष्ण खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन अघि पोखरेबगरमा ¥याली गरिएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP